शनिबार, पुष ६,२०८१ 10:54:15
IME remit
  • शनिबार, पुष ६,२०८१ 10:54:15
IME remit
Global IME Bank Limited

प्यान कारोबारलाई प्रोत्साहन गर्न धितोपत्र बोर्डको सरकारलाई सुझाव

Hyundai Nepal
प्यान कारोबारलाई प्रोत्साहन गर्न धितोपत्र बोर्डको सरकारलाई सुझाव
Nabil Bank Limited

काठमाण्डौं । धितोपत्र बोर्डले आगामी बजेटमा लगानीकर्तालाई प्यान नम्बर (स्थाई लेखा नम्बर)मा कारोबार गर्न प्रोत्साहन हुने व्यवस्था गर्न सरकारलाई सुझाव पेस गरेको छ । बोर्डले अर्थमन्त्रालयलाई आगामी बजेटमा पूँजी बजारको विकासका लागि  यस्तो सुझाव दिएको हो ।  

बोर्डस्थित उच्च स्रोतले दिएका जानकारीअनुसार प्यान नम्बरमा जान प्रोत्साहन गर्नको लागि हाल सरकारले हरेक वर्ष लगानीकर्ताले आफ्नो नाफा/घाटा समायोजन गर्न सक्ने व्यवस्था गर्न सुझाव दिइएको छ । यसले लगानीकर्तालाई नै फाइदा हुन स्रोतले जनाएको छ ।  

हाल धितोपत्र बजारमा प्रतिकारोबार ५ लाख रुपैयाँभन्दा बढीको कारोबारमा लगानीकर्ताले अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्ने व्यवस्था छ । तर सबै लगानीकर्ताका लागि भने प्यान अनिवार्य गरिएको छैन । अर्थ मन्त्रालयस्थित उच्च स्रोतले दिएको जानकारी अनुसार पहिले लगानीकर्ताहरुलाई प्रोत्साहन गरि प्यानमा कारोबार गर्न अभ्यस्त पार्ने र विस्तारै सबै कारोबारमा प्यान अनिवार्य गर्ने सरकारले तयारी गरिरहेको छ ।  

Bizshala
Shivam Cement
CG Motors

‘हाल प्यानको आवश्यकता र महत्व बढ्दै गएको छ । सेयर बजारको विकास र विस्तारसँगै अहिलेको समयमा व्यक्तिगत लगानीकर्ताले पनि प्यान लिएरै कारोबार गर्दा फाइदा नै हुने देखिन्छ’, सेयर लगानीकर्ता गोविन्द प्रसाद घिमिरेले भन्छन् ।  

घिमिरेका अनुसार प्यानको मुख्य फाइदा भनेको पूँजी बजारबाट कमाएको आम्दानीलाई वैधानिकता दिनु र आम्दानीको स्रोत पहिचान हुन सक्नु पनि हो । ‘सेयर बजारबाट पैसा कमाएपछि देश–विदेश पनि घुम्न जान तथा आफ्ना छोराछोरीलाई विदेशमा अध्ययनका लागि पठाउनु परेमा प्यानमार्फत गरिएको कारोबार विश्वासिलो आधार बन्छ । विदेशी दूतावास तथा अध्यागमन विभागहरुले प्यानमार्फत गरिएको कारोबारलाई वैध मान्ने हुँदा हरेक लगानीकर्ताका लागि देश–विदेश घुम्न जान यो निकै उपयुक्त हुने देखिन्छ,’ घिमिरेले भने ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.