काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको छ। बैंकले बिहीबार सूचना जारी गर्दै उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाबाट आवेदन आह्वान गरेको हो।
बैंकका अनुसार संस्थापक सेयरधनी कम्पनी महालक्ष्मी इन्भेष्टमेन्ट प्रालिकी सेयरधनी संगीता थापाले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्न निवेदन दिएकी थिइन्।
सोही निवेदनका आधारमा बैंकले नेपाल राष्ट्र बैंकको नियामकीय व्यवस्थाअनुसार पहिलो चरणमा विद्यमान संस्थापक सेयरधनीलाई खरिदको प्राथमिकता दिएको थियो।
तर, तोकिएको ३५ दिनको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि लिखित जानकारी प्राप्त नभएपछि बैंकले अन्य व्यक्ति तथा संस्थाका लागि समेत खरिदको बाटो खुला गरेको हो।
बैंकले राष्ट्र बैंकको प्रचलित निर्देशनबमोजिम संस्थापक सेयर बिक्री प्रक्रिया अघि बढाइएको जनाएको छ।
यससँगै नियामकीय मापदण्ड पूरा गर्ने इच्छुक व्यक्ति तथा संस्थाले उक्त संस्थापक सेयर खरिद प्रक्रियामा सहभागी हुन सक्नेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।