सोमबार, श्रावण २५,२०८३ 11:20:41
Bizshala
  • सोमबार, श्रावण २५,२०८३ 11:20:41
Bizshala
Global IME Bank Limited

धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारीमा नरेन्द्र राना, आईपीओको प्रक्रिया अघि बढ्ने

Prabhu Bank Limited
धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारीमा नरेन्द्र राना, आईपीओको प्रक्रिया अघि बढ्ने
New Office

काठमाण्डौ । अर्थ मन्त्रालका सहसचिव नरेन्द्र कुमार रानालाई धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी दिइएको छ । यस अघि अर्थ मन्त्रालयबाट रितेश कुमार शक्यले धितोपत्र बोर्ड हेर्दै आएका थिए । रानालाई बोर्डको अध्यक्षको जिम्मेवारी सुम्पिएर शाक्यलाई बजेट निर्माणको जिम्मेवारी प्रदान गरिएको छ ।  

शाक्य बजेट निमार्णमा व्यस्त भएकाले रानालाई बोर्डमा पठाइएको अर्थ मन्त्रालयस्थित स्रोतले जानकारी दिएको छ ।  यस्तै, अर्थ मन्त्रालयका प्रवक्ता उत्तर कुमार खत्रीले बोर्डमा नयाँ अध्यक्ष नियुक्ती नहुँन्जेल रानाले बोर्डको अध्यक्षको जिम्मेवारी सम्हाल्ने जानकारी दिए। ‘अब बोर्डमा अध्यक्षको अभाव महशुस हुनै छैन । नयाँ अध्यक्ष नआउन्जेल नियमित जसरी नै कार्य हुनेछ,’ उनले भने ।  

रानाले मंगलबार अर्थमन्त्री वर्षमान पुन समक्ष अध्यक्षको कार्यभार सम्हालेका हुन् । धितोपत्र बोर्डको संशोधित नयाँ ऐन अनुसार बोर्ड अध्यक्ष खाली भएको अवस्थामा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्य स्वतः अध्यक्ष हुने व्यवस्था रहेको छ ।  

नियमित प्रक्रियाबाट बोर्ड अध्यक्ष नियुक्त गर्न ढिलाई हुँदा पछिल्लो समय आईपीओ निष्काशनदेखि बजार सुधारका काम कारवाही समेत अघि बढ्न सकेको छैन् । तर राना अध्यक्ष भएर र्आसँगै अब आईपीओ निकाष्काशनदेखि नयाँ स्टक एक्सचेञ्जको लाईसेन्स वितरणका लागि समेत कानूनी बाटो खुला भएको बजार सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

तत्कालिन अध्यक्ष रमेश हमालको कार्यकाल गत पुस २० गते सकिएको थियो । त्यसपछि धितोपत्र बोर्डकै वरिष्ठ अधिकारी नबराज अधिकारीलाई निमित्त अध्यक्षको जिम्मेबारी दिइएको थियो । तर उनीसँग नीतिगत कार्य गर्ने आधार थिएन ।  सरकारले नियमित प्रक्रियाबाट अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाएपनि हाल भने अन्यौलमा रहेको छ । पाँच जनाको नाम सर्टलिष्ट गरेपनि अन्य प्रक्रिया भने अपूरो नै रहेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X