शुक्रबार, माघ १८,२०८१ 04:43:28
IME remit
  • शुक्रबार, माघ १८,२०८१ 04:43:28
IME remit
Global IME Bank Limited

मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडाणी बने एशियाकै धनी व्यक्ति, सेयरमूल्यमा उछाल मुख्य कारण

Hyundai Nepal
मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडाणी बने एशियाकै धनी व्यक्ति, सेयरमूल्यमा उछाल मुख्य कारण
Nabil Bank Limited

काठमाण्डौ । अडाणी ग्रुपका अध्यक्ष गौतम अडाणी एशियाकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । अडाणीले भारतका मुकेश अम्बानीलाई पछि पार्दै १६ महिनापछि पुनःएशियाको धनाढ्य बन्न सफल भएका हुन् ।  

ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सले सार्वजनिक गरेको ताजा आँकडा अनुसार गौतम अडाणी विश्व धनाढ्यको सूचीमा ११ औं स्थानमा पुगेको छन् । अडाणी ग्रुपको सेयरमूल्यमा आएको उछालका कारण उनको सम्पत्ति वृद्धि भएको हो । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी भने सूचीको १२ औं स्थामा झरेका छन् ।  

गौतम अडाणीको कुल सम्पत्ति यो वर्ष २६.८ बिलियन डलर बढेर १११ बिलियन डलस पुगेको छ । उता मुकेश अम्बानीको सम्पत्ति पनि १२.७ बिलियन डलर बढेर १०९ बिलियन डलर पुगेको छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

गौतम अडाणीका लागि सन् २०२३ खराब रह्यो । अमेरिकी सर्ट सेलर कम्पनी हिन्डनबर्गले अडाणी ग्रुपले सेयरमा चलखेल गरेको प्रतिवेदन सार्वजनिक गरेपछि अडाणीको सम्पत्तिमा तीव्र गिरावट आएको थियो । जसका कारण उनी विश्वको धनाढ्यको शीर्ष १० स्थानबाट ३० औं स्थानसम्म झरेका थिए ।  

ब्लुमबर्गको रिपोर्टका अनुसार विश्वको सबैभन्दा धनी व्यक्तिको स्थान भने फ्रान्सेली अरबपति बनार्ड अर्नल्र्डले ओगटेका छन् ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.