शनिबार, फाल्गुन १०,२०८१ 07:58:36
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 07:58:36
IME remit
Global IME Bank Limited

विमानस्थलको सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्छः प्रधानमन्त्री

Hyundai Nepal
विमानस्थलको सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्छः प्रधानमन्त्री
Nabil Bank Limited

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सुरक्षाको पहिलो ढोकाका रुपमा रहेको त्रिभुवन विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्ने बताएका छन्। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बुधबार आयोजित विमानस्थलको सुरक्षा प्रबन्ध र सरकारले चाल्नुपर्ने कदमकाबारे छलफल गर्न आयोजित बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विमानस्थलको सुरक्षा प्रबन्ध व्यवस्थित गर्न ठोस कदम चाल्नुपर्नेमा जोड दिएका हुन्। ‘हामी गम्भीर विषयमा छलफल गरिरहेका छौँ। हामीले स्थितिको गम्भीर समीक्षा गरेर अगाडि कसरी बढ्ने, विगतका कमीकमजोरी कसरी सच्याउने भन्नेतिर हाम्रो ध्यान जानुपर्छ’, उनले भने, ‘नकारात्मक चीजलाई शिक्षाका रूपमा लिएर अगाडि बढाउनुपर्छ। सोच, संरचना, कार्यविभाजन र कार्यशैलीमा सुधार गर्नेतिर जोड गर्नुपर्छ।’

 

‘विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा प्रबन्धबारे हामीले गम्भीर समीक्षा र अध्ययन गर्ने बेला भएको छ’, प्रधानमन्त्री दाहालले भने, ‘छिट्टै विज्ञहरु र सरोकारवाला निकाय तथा कार्यालयका प्रतिनिधिहरु रहेको सानो कार्यदल बनाइन्छ। त्यो कार्यदललाई अध्ययनका लागि छोटो समय दिइन्छ र कार्यदलले दिएको रिपोर्टअनुसार विमानस्थलको सुरक्षा प्रबन्धमा हेरफेर ल्याउनुपर्छ। हामी छिटै एउटा निर्णयमा पुग्छौँ।’ 

छलफलमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अपराधमा नयाँ नयाँ प्रविधि र तौरतरिकाको प्रयोग भएको उल्लेख गर्दै देशको समग्र सुरक्षा अवस्था र चुनौतीबारे गम्भीर अध्ययन गरी त्यसका आधारमा नयाँ सुरक्षा व्यवस्था लागू गर्नुपर्ने आवश्यकता औँल्याउँदै अपराधको सञ्जाल तोड्न सरकार कठोर रुपमा उभिने बताए। 

अर्थमन्त्री डा. प्रकाशशरण महतले सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन राज्यका निकायहरुबीच अन्तरनिकाय समन्वय थप चुस्त बनाउनुपर्नेमा जोड दिँदै राज्यका सबै निकायमा दण्ड र पुरस्कारको व्यवस्था गरेर जानुपर्ने बताए। 

छलफलमा गृहसचिव दिनेश भट्टराईले त्रिभुवन विमानस्थल लगायत देशभरिका विमानस्थलको अवस्था, सुरक्षा व्यवस्थापन, विमानस्थलमा कार्यरत कार्यालय र निकायहरुको कार्यजिम्मेवारी एवं वर्तमान अवस्था लगायत सुरक्षा चुनौती र सरकारले निगरानी राख्नुपर्ने विषयहरुमा आफ्नो प्रस्तुति राख्दै देशको समग्र सुरक्षा स्थिति सामान्य अवस्थामा रहेको ब्रिफिङ गरेका थिए। 

प्रधानमन्त्री दाहालद्वारा आयोजित बैठकमा रक्षामन्त्री, गृहमन्त्री, अर्थमन्त्री, प्रधानमन्त्रीका सल्लाहकारहरु, राष्ट्रिय सुरक्षा सल्लाहकार, नेपाल सरकारका मुख्यसचिव, नेपाली सेनाका प्रधानसेनापति, राष्ट्र बैंकका गभर्नर, गृहसचिव, रक्षासचिव, प्रधानमन्त्री कार्यालयका प्रशासन सचिव, अर्थसचिव, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धानका मुख्य अनुसन्धान निर्देशक, अध्यागमन विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभाग, भन्सार विभागका महानिर्देशकहरु, नागरिक उड्डयन प्राधिकरणका प्रमुखलगायत सरोकारवाला निकाय र कार्यालयका अधिकारीहरु उपस्थित थिए। 

Shivam Cement
CG Motors
Sagarmatha Cement

इभेन्टमा यसरी सहभागी बन्नुहोस्

तपाइँ चलचित्र हेर्न जाने साथी खोज्दै हुनुहुन्छ भने एक्सप्लोर स्क्रिनमा नेभिगेट गरेर ‘मूभी डेट’ विकल्पमा छनोट गरेर त्यसमा अप्ट इन गर्नुहोस्। त्यहाँबाट सम्भावित ‘म्याचिङहरु’मार्फत स्वाइप गर्न सुरु गर्न सक्नुहुन्छ, ज्योतिषीय अनुकूलता मूल्यंकङ्कन गर्न सक्नुहुन्छ र दायाँ स्वाइप गरेर वा एस्ट्रोपड पठाएर आफ्नो रुचि व्यक्त गर्न सक्नुहुन्छ। यो अनौठो सुविधाले तपाइँको पहिलो डेटिङका लागि कहाँ जाने भन्ने निर्णय गर्ने रमाइलो र आकर्षक तरिका प्रदान गर्दछ। एस्ट्रोपडको एक्सप्लोर सुविधाले रोमाञ्चक सम्भावनाहरुको ढोका खोल्छ र कुनै पनि इभेन्ट वा समान रुचिको संसारमा जोडिन सहयोग गर्दछ।

कसरी प्रयोग गर्ने ?

  • एस्ट्रोपड एप खोल्नुहोस् र स्क्रिनको तल–बायाँ कुनामा अवस्थित एक्सप्लोर मेनुमा नेभिगेट गर्नुहोस्।
  • एक्सप्लोर मेनुमा तपाइँले विशिष्ट घटनाहरु वा रुचिहरु जस्ता विभिन्न विकल्पहरु फेला पार्नुहुनेछ। त्यहाँ आफूलाई मनपर्ने इभेन्ट वा रुचि छान्नुहोस् जुन तपाइँ थप एक्सप्लोर गर्न चाहनुहुन्छ। 
  • उही इभेन्टमा रुचि राख्ने अन्य व्यक्तिहरु हेर्न तपाइँले अप्ट इन गर्न आवश्यक छ। त्यहाँ इभेन्टमा अप्ट इन गरिएका प्रयोगकर्तालाई मात्र देखाइनेछ। यसले तपाइँलाई इभेन्टको लागि तपाईँको उत्साह साझा गर्ने सम्भावित जोडाहरु हेर्न र कनेक्ट गर्न अनुमति दिनेछ।
  • तपाइँले छनोट गरेपछि आफूजस्तै रुचि, प्रोफाइल, प्राथमिकता र अन्य सान्दर्भिक जानकारी भएका व्यक्तिलाई एक्सप्लोर गर्नुहोस् र ज्योतिषीय अनुकूलता जाँच गर्नुहोस्।
  • कार्यक्रमका लागि अप्ट इन गर्ने अन्य प्रयोगकर्ताको प्रोफाइलमार्फत स्वाइप गर्नुहोस्। आफ्नो रुचि संकेत गर्न दायाँ स्वाइप गर्नुहोस् वा आफ्नो रुचिका बारेमा जानकारी दिन एस्ट्रोपड प्रयोग गर्नुहोस्।

नेपाली युवाहरुको टोलीले तयार पारेको नेपालको एकमात्र डेटिङ एप एस्ट्रोपड अहिलेसम्म १ लाखभन्दा बढी युवायुवतीले प्रयोग गर्दै आएका छन्। यो एपमार्फत युवायुवतीले सहजै रुपमा आफ्नो रुचि र ज्योतिषीय हिसाबले पनि उपयुक्त व्यक्तिलाई साथी वा जीवनसाथी बनाउन सक्छन्। एस्ट्रोपड आईओएस र एन्ड्रोइड दुवै स्टोरमा उपलब्ध छ। 

Nepal Investment Mega Bank Limited
विमानस्थलको सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्छः प्रधानमन्त्री

सरस्वती कटुवाल

 

Bizshala.com, operated by SOS Media Pvt. Ltd. is established in nepalese news industry as a pioneer of online business, economic and financial news. Bizshala principally covers news regarding economic activity, financial statuatus, fluctuation, share market, currency, corporate, automobile industry and every other activities directly or indirectly related to economy. Dedicated to economic awareness and excellence.

IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.