बुधबार, माघ २३,२०८१ 11:52:59
IME remit
  • बुधबार, माघ २३,२०८१ 11:52:59
IME remit
Global IME Bank Limited

५ दिनभित्र सहकारी समस्या समाधानको ठोस योजना ल्याउँछौं: मन्त्री अधिकारी

Hyundai Nepal
५ दिनभित्र सहकारी समस्या समाधानको ठोस योजना ल्याउँछौं: मन्त्री अधिकारी
Nabil Bank Limited

काठमाण्डौ । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले पाँच दिनभित्र सहकारी समस्या समाधानको ठोस योजना ल्याउने बताएका छन् ।  

बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सहकारी समस्या समाधानका लागि सरोकारवालाहरुको छलफलबाट आएको निष्कर्ष कार्यान्वयनका लागि पाँच दिनभित्र सहकारी समस्याको ठोस योजना ल्याउन मन्त्री अधिकारीले मन्त्रालय मातहतका निकाय र सरोकारवाला निकायलाई निर्देशन दिएका हुन् ।  

Bizshala
CG Motors
Sagarmatha Cement

भूमिब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्ण मणी दवाडीको संयोजन रहने गरी मन्त्रालयले सहकारी समस्या समाधानको ठोस योजना ल्याउने गृहकार्य सुरु गरेको छ । ठोस योजनालाई अन्तिम रुप दिएर मन्त्रीपरिषद्को बैठकमार्फत निणर्य गराई सहकारी समस्या समाधानका लागि पहलकदमी लिने मन्त्री अधिकारीले बताए ।

मन्त्री अधिकारीले मन्त्रालयले कर्जा असुली न्यायधिकरण गठन, स्वायत किसिमको नियमनकारी प्राधिकरणको गठन, कर्जा सुचना केन्द्रको स्थापना, सहकारी बचत तथा कर्जा सुरक्षण कोष र सहकारीको यथार्थ बिवरण संकलन गर्ने लगायतको ठोस कार्ययोजना तत्काल कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए ।  

छलफलमा प्रधानमन्त्रीसहित उप–प्रधान तथा गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, कानुन न्याय तथा संसदीय मामीला मन्त्री पदम गिरि, मुख्य सचिव बैकुण्ठ अर्याल, गृह, कानुन, भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिवलगायतका सरोकारवालाहरुको उपस्थीति रहेको थियो ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.