काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड अध्यक्षबिहीन हुँदा विभिन्न कम्पनीहरुको आईपीओ, एफपीओ र हकप्रद रोकिएको छ ।
करिब ५० वटा कम्पनी धितोपत्र निष्कासनका लागि बोर्डको पाईपलाइनमा छन् ।
पछिल्लो केही दिनयता बोर्ड अध्यक्षबिहीन हुँदा लगानीकर्ता लगानीको अवसरबाट बञ्चित छन् । निवर्तमान अध्यक्ष रमेश हमाल अध्यक्षबाट अवकाश भएपछि बोर्ड नेतृत्वविहीन थियो ।
गत साता सरकारले धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी डा.नवराज अधिकारीलाई दिएको थियो । एक सातायता अधिकारीको नेतृत्वमा नै बोर्डको दैनिक कामकाज हुँदै आइरहेको छ ।
बोर्ड अध्यक्षबिहीन हुँदा लााइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)सहित ९ कम्पनीको हकप्रद सेयर निश्कासनको प्रक्रिया रोकिएको छ ।
यता मारुती सिमेन्टसहित २९ कम्पनी पनि आईपीओ निष्कासनको लागि पाईपलाइनमा छन् ।
एलआईसी नेपाल र एनएलजी इन्स्योरेन्सले तीन महिनाअघि बोर्डमा हकप्रद निष्कासनका लागि निवेदन दिएका थिए । बोर्डकाअनुसार एलआईसी नेपाललाई पहिलो कमेन्ट पठाइसकिएको छ भने एनएलजी इन्स्योरेन्सको फाइल हेर्नै बाँकी छ ।
लामो समयसम्म पाइपलाइनमा रहेका कम्पनीहरुको अवस्था हेरेर धितोपत्र निष्कासनका लागि स्वीकृति दिने निमित्त अध्यक्ष अधिकारीले बताएका छन् ।
‘अबको २–३ दिनमा बोर्ड बैठक बस्ने कुरा छ, सकेसम्म पेण्डिङमा रहेका कम्पनीहरुको अवस्था हेरेर धितोपत्र निष्कासनको अनुमति दिनेछौं’ उनले भने, ‘पछिल्लो समय बोर्डमा अध्यक्ष नहुँदा लामो समयसम्म पाइपलाइनमा रहेका कम्पनीहरुको फाइल हेर्न पाएका थिएनौं, अब चाँडै धमाधम कम्पनीहरुको आईपीओ र हकप्रद सेयर निष्कासन हुनेछ ।’
लगानीको वातावरण रोक्न नहुने बताउँदै अधिकारीले बोर्ड बैठक बसी पेण्डिङमा रहेका कम्पनीको फाइल हेर्ने बताए । ‘सकेसम्म लगानीको वातावरण सिर्जना गर्नुपर्छ भन्ने मेरो मान्यता हो, संचालक समिति बैठकले नै अब यो कुराको निर्णय गर्नेछ’ उनले भने, ‘धितोपत्र बोर्ड आफैंले पनि लगानी सम्मेलन गर्दैछ, यस्तो अवस्थामा कम्पनीहरुको धितोपत्र निष्कासन रोकेर लगानी वातावरण रोक्नु हुँदैन ।’
एलआइसी नेपालले कायम चुक्तापुँजीको ८८ प्रतिशत हकप्रद निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले १ः०.८८ अनुपातमा २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद जारी गर्नेछ ।
त्यस्तै, एनएलजी इन्स्योरेन्सले पनि कायम चुक्तापुँजीको ६६ प्रतिशत हकप्रद निष्कासनका लागि बोर्डमा निवेदन दिएको हो । बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले १ः०.६६ अनुपातमा २४ करोड १४ लाख रुपैयाँ बराबरको २४ लाख १४ हजार कित्ता हकप्रद जारी गर्नेछ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                (4)(1)(1).jpg) 
                                        .jpg) 
                                        (76).jpg) 
                                        (260).jpg) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                