शनिबार, असार २०,२०८३ 01:17:22
Bizshala
  • शनिबार, असार २०,२०८३ 01:17:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अब जुत्ताबाटै हुनेछ मोबाइल कन्ट्रोल, सामसुङले लञ्च गर्यो अनौठो स्निकर्स

Laxmi Sunrise Bank Limited
अब जुत्ताबाटै हुनेछ मोबाइल कन्ट्रोल, सामसुङले लञ्च गर्यो अनौठो स्निकर्स

काठमाण्डौ । प्रविधिको दबदवा रहेको वर्तमान समयमा विश्वमा हरेक दिन केहि  न केहि नयाँ विकास कुरा विकास भईरहेकै हुन्छन् । विशेष गरेर अहिले कनेक्टेड डिभाइसहरु तीव्र रुपमा विस्तार भईरहेका छन् ।  

अर्थात यस्तो डिभाईहरु जो एक अर्कासँग जोर्डिएका हुन्छन् । जस्तै इयरबड्स र स्मर्टवाच, जुन फोनसँग जोडिएका हुन्छन् र फोनका कयौं फिचर्सलाई यी डिभाइसको सहयोगले कन्ट्रोल गर्न सकिन्छ ।  

यहि क्रममा एउटा नयाँ कनेक्टेड डिभाइस पनि लञ्च भएको छ । मोबाइल निर्माता कम्पनी सामसुङले यस्तो स्नीकर्स(जुत्ता) लञ्च गरेको छ, जुन फोनसँग कनेक्ट गर्न सकिन्छ । यी जुत्ताको सहायताले स्मार्टफोनलाई कन्ट्रोल गर्न सकिन्छ ।  

यो साता सामसुङले सटकर्ट नामक जुत्ता लञ्च गरेको छ । यो जुत्तालाई चेलि बेनुलक्स,इलिट्याक वेयरेबल्स,ब्रट एम्टरड्याम र स्निकर डिजाइन रोयल भान होफसँगको सहकार्यमा लञ्च गरिएको हो ।  

New Office
CG Motors
Garima Development Bank

यी जुत्तामा केहि विशेष सेन्सर उपलब्ध गराइएको छ । जसले फोनलाई कन्ट्रोल गर्छ । तर यसका लागि जुत्ता सामसुङ मोबाइलसँग कनेक्ट भने हुनुपर्छ । कम्पनीका अनुसार प्रयोगकर्ताले हिड्दै फोन कल गर्न सक्छन् वा म्युजिक सुन्न सक्छन् ।  

यसमा भिन्न–भिन्न ५ वटा चालको प्रयोग गरेर प्रत्येक चालमा पर्फम गर्ने सकिन्छ । कम्पनीका अनुसार यो अल्गोरिदम एकदमै स्मार्ट छ र चाललाई एकदमै सटिक ढंगले पहिचान गर्न सक्छ ।  

यो जुत्तालाई रोयल भान हफले डिजाइन गरेका हुन् ।  

साम्सुङको यो लिमिटेड ईडिसन हाल खरिदका लागि उपलब्ध भने छैन । कम्पनीका अनुसार हाल यो जुत्ताको ६ युनिट मात्रै उत्पादन गरिएको छ ।  -एजेन्सी

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.