आईतवार, श्रावण ३१,२०८३ 05:47:59
Bizshala
  • आईतवार, श्रावण ३१,२०८३ 05:47:59
Bizshala
Global IME Bank Limited

लुयानको एस९० मोडेलको नयाँ ईभी स्कुटर सार्वजनिक, मोबाइलबाटै अन/अफ गर्न सकिने

Prabhu Bank Limited
लुयानको एस९० मोडेलको नयाँ ईभी स्कुटर सार्वजनिक, मोबाइलबाटै अन/अफ गर्न सकिने
New Office

काठमाण्डौ । लुयान नेपालले नयाँ विद्युतीय स्कुटर लुयानएस ९० हालै नेपालमा सार्वजनिक गरेको छ ।

निक्कै बोल्ड र अत्याधुनिक फिचरले सुसज्जित एस ९० मा २ हजार ५०० वाटको पिकपावर भएको लिक्विड कुल्ड मोटर दिइएको छ । अन्य हब मोटरको तुलनामा लिक्विड कुल्ड मोटरको तान्ने क्षमता तथा लाइफ स्पान बढी हुने कम्पनीले जनाएको छ ।

२ हजार ५२० वाट आवर क्षमताको ब्याट्री भएकाले यसले एकपटकको फुलचार्जमा अधिकतम १२० किलोमिटर रेञ्ज दिने बताइएको छ ।  

स्कुटरमा रिजेनेरेटिभ ब्रेकिङ सिस्टम भएकाले यसले ओरालोमा बे्रक लिँदा आफै ब्याट्री चार्ज हुन्छ । यसमा १२ इन्चको व्हिलमा दुवै टायर भएकाले १७० एमएमको अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । यसको अगाडि र पछाडि दुबै व्हिलमा डिस्क बे्रक दिइएको छ ।

CG Motors

कम्पनीका सेल्स तथा मार्केटिङ हेड, शंकर शर्माले शुक्रबार एक विज्ञप्ती जारी गर्दै यसको जानकारी दिएका हुन् । ६५ किलोमिटर प्रति घण्टाको टप स्पिड भएको यो स्कुटरको ११२ किलोग्राम कुल वजन रहेको छ । यसमा सिटमुनी ३२ लिटरको निक्कै ठुलो वुट स्पेस रहेको छ । जसमा ठुलो हेलमेट राखेर पनि अन्य सामानहरु सजिलै अटाउन सकिन्छ ।

आइपी ६७ रेटेड वाटर तथा डस्ट प्रुफ यो स्कुटरलाई जस्तोसुकै मुसलधारे पानी पर्दा पनि चलाउन सकिन्छ ।  

यसमा एनएफसी सिस्टम भएकाले चावी विना मोवाइलको माध्यमबाट मात्रै पनि अन अथवा अफ गर्न सकिन्छ । यो सुरक्षाको दृष्टिले निक्कै सुरक्षित मानिन्छ ।

यसमा एन्टि थेप्ट अलार्म,७ इन्चको डिजिटल डिस्प्ले, एलईडी हेड लाइट, डिआरएल लगायतका फिचरहरु लोडेड छन् ।

यसको अधिकतम बिक्रि मुल्य २ लाख ६ हजार १ सय रुपैयाँ कायम गरिएको ट । कम्पनीले एक्स्चेञ्ज तथा फाइनान्सको पनि सुविधा रहेको जनाएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.