आईतवार, भाद्र २३,२०८१ 06:10:01
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 06:10:01
IME remit
Global IME Bank Limited

वार्षिक औषत ३२.४% लाभांश दिएको डिप्रोक्स लघुवित्तको सेयर ‘बुलिस सेन्टिमेन्ट’मा, कतिसम्म पुग्ला सेयर भाउ?

Hyundai Nepal
वार्षिक औषत ३२.४% लाभांश दिएको डिप्रोक्स लघुवित्तको सेयर ‘बुलिस सेन्टिमेन्ट’मा, कतिसम्म पुग्ला सेयर भाउ?
Nabil Bank Limited

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको स्थापना सन् २००१ मा भएको हो । यो कम्पनीलाई नबिल बैंक , नेपाल बैंक , कृषि विकास बैंक र लुम्बिनी विकास बैंकले प्रवर्द्धन गरेका छन् । यो कम्पनी नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा सूचीकृत कम्पनी हो ।    

आधारभूत पक्षः

यस आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चुक्तापूँजी १ अर्ब ७०  करोड ६१ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषको आकार १ अर्ब ६४  करोड रुपैैयाँबराबर रहेको छ । कम्पनीको कुल पूँजी ३ अर्ब ३५ करोड रुपैयाँ छ । खुद मुनाफा २५ करोड २९लाख रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी १९.७७ रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा १८.४७ प्रतिशतले कम हो । कम्पनीको बुक भ्यालु १९६ रुपैयाँ छ भने रिर्टन अन इक्विटी १०.०६ प्रतिशत कायम छ ।  

यस्तै कम्पनीको खराब कर्जा ८.२५ प्रतिशत र १० वर्षको औषत लाभाशं ३२.४ प्रतिशत छ ।  

प्राविधिक पक्षः  

इलिअट वेभ

इलिअट वेभमा विभिन्न डिग्रीहरु हुने गर्छन् । त्यस्ता डिग्रीहरुले सानाठूला गरेर एक दिनदेखि एक सय वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन् । इलिअट वेभमा मूल्यमाथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन् ।  

माथि लाग्ने ५ वेभमा पनि ३ वटा बढोत्तरीका र २ वटा सुधारका देख्न सकिन्छ । यसमा १, ३, ५ बढोत्तरीको हुन्छ भने २ र ४ करेक्सनको हुन्छ । वेभ ५ को करेक्सन वेभ ए हो । वेभ ए, बी, सीले मूल्य तथा सूचक तल जाने संकेत गर्छ ।

इलिअट वेभको आधारमा यो कम्पनीको सबै भन्दा न्यून मूल्य ५६० लाई आधार मानेर हेर्दा वेभ १ मा  ८५० रुपैयाँसम्म , वेभ २ मा करेक्सन भएर ६०० रुपैयाँ सम्म , र वेभ ३ को बढोत्तरीमा १ हजार ३६० रुपैयाँ र वेभ ४ को करेक्सनमा १ हजार ६० रुपैयाँ सम्म आउन सक्छ । त्यस पछि वेभ ५ मा पुनः बढोत्तरी भएर १६ सय रुपैयाँसम्म अबको एक वर्षको समय अवधि लिएर हुन सक्छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

फिएर एण्ड ग्रिडको आधारमा

फिएर एण्ड ग्रिड मिटरको आधारमा यो कम्पनीको सेयर केही समय देखि ८५ को तहमा बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ । यो भनेको कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ भन्ने हो । कम्पनीको ५२ साताको उच्च मूल्य ८८७ र न्यून मुल्य ६५१ रुपैयाँ रहेको छ । कम्पनीमा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको स्वामित्व छ ।  

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनीको सेयर मूल्य केही समयदेखि अपर ब्याण्डसँगै चलेको देखिन्छ । तर अपर ब्याण्डमा शुटिङ स्टार बनेर रातो क्याण्डल बनेको छ । यस कारण आगामी कारोबारमा कम्पनीको सेयर भाउमा अल्पकालिन करेक्नस आउन सक्छ । अर्थात मध्य ब्याण्डसम्म करेक्सन लिन सक्छ । म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ भने हिस्टोग्राम केही फिक्का हुँदै गएको छ । आरएसआई ओभर बट जोन ७४ बाट खसेर ६३ को तहमा आएको छ । समग्रमा ३ वटै इन्डिकेटरबाट नियाल्दा कम्पनीको सेयर भाउमा अल्पकालिन करेक्नस आउन सक्ने देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट विश्लेषणमाफर्त सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानि यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ८६३

प्रतिरोध २ – ८२१

प्रतिरोध १–  ७६४

पिभट् प्वइन्टः ७२७

घटेमा सपोर्ट  

सपोर्ट १– ६७५

सपोर्ट २– ६३३

सपोर्ट  ३ – ५८१

निष्कर्षः आधारभूत रुपमा यस कम्पनीलाई नियाल्दा पछिल्लो समय कम्पनीको रिर्टन अन इक्विटी र प्रतिसेयर आम्दानी सामान्य खसेको देखिन्छ । कम्पनीको पूँजी बढाउँदै जाँदा रिर्टन अन इक्विटी पनि बढ्दै जानु पर्नेमा घट्दै गएको छ । यद्यपी कम्पनीको प्रतिसेयर आम्दानी र बुक भ्यालु भने राम्रै देखिन्छ ।  

प्राविधिक रुपमा यस कम्पनीलाई नियाल्दा पछिल्लोपटक सेयरको भाउ करिब ३ वर्ष अगाडिकै अबस्थामा आएको छ । बोलिङगर ब्याण्ड र पिभट् मार्फत नियाल्दा कम्पनीको सेयर भाउमा सामान्य उतारचढाव मात्रै देखिन्छ भने अल्पकालमा भने केरक्सन आउन सक्ने देखिन्छ ।  

फिएर एण्ड ग्रिड मिटरको आधारमा भने बुलिस सेन्टिमेन्ट चलेको देखिन्छ । अर्थात कम्पनीको सेयरमा लगानीकर्ताको केही आकर्षण रहेको देखिन्छ । यी सबै इन्डिकेटरबाट कम्पनीको सेयर भाउलाई नियाल्दा कम्पनीको सेयर भाउमा अल्पकालिन करेक्सन हुन सक्ने तर दीर्घकालमा भने कम्पनीको सेयर भाउमा राम्रै बढोत्तरी आउन सक्ने देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X