मंगलवार, माघ ८,२०८१ 04:12:29
IME remit
  • मंगलवार, माघ ८,२०८१ 04:12:29
IME remit
Global IME Bank Limited

सेबोनको अध्यक्ष छनौट प्रक्रियाको विषयमा कानूनविदबीच बाझियो मत, कसरी निस्कन्छ हल ?

Hyundai Nepal
सेबोनको अध्यक्ष छनौट प्रक्रियाको विषयमा कानूनविदबीच बाझियो मत, कसरी निस्कन्छ हल ?
Nabil Bank Limited

काठमाण्डौं । नेपाल धितोपत्र बोर्ड(सेबोन) अध्यक्षविहिन बनेको लगभग ६ महिना पुगेको छ । यस अघि गत पुस २० गते धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष रमेश कुमार हमालको कार्यकाल सकिएसँगै सेबोन नेतृत्वविहिन बनेको छ । त्यस पछि सरकारले बोर्ड अध्यक्ष छनौटको लागि विज्ञापन खुलाएर आवेदन माग गरेको थियो ।  

बोर्डको अध्यक्ष पदका लागि १९ जनाबाट आवेदन परेको थियो । जसमध्ये छनौट समितिले ५ जनाको नाम सिफारिस गरेको थियो । तर समितिले ५ जनालाई आफ्नो व्यवसायिक कार्यपत्र प्रस्तुत गर्न भने लामो समयसम्म बोलाउन सकेको थिएन । यो प्रक्रिया बजेटलगायत अनेक बाहनामा अगाडि बढ्न सकेको थिएन । यस्तोमा सरकारले सर्टलिस्टमा परेका ५ जनालाई आइतबार कार्यपत्र प्रस्तुत गर्न बोलाएको थियो । तर कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि भने २ जना मात्रै उपस्थित भएका थिए भने अन्य ३ जनाले बहिष्कार गरेका थिए ।  

अध्यक्ष पदका लागि ३ जनाको नाम सिफारिस गर्नुपर्नेमा २ जना मात्रै कार्ययोजना तथा अन्तर्वार्ताका लागि सहभागी भएपछि समितिले यसअघि अनुपस्थित भएका ३ जनालाई कार्ययोजना प्रस्तुतिकरणका लागि बुधबार पुनः बोलाएको थियो । दोस्रोपटक पनि ३ नै जना उपस्थित नभए पछि अब बोर्ड अध्यक्ष छनौट प्रक्रिया के हुने हो भन्ने अन्यौलता छाएको छ ।  

धितोपत्रसम्बन्धी कानूनविद् अमृत खरेल अब यो प्रक्रिया नै रद्द हुने दाबी गर्छन । खरेल भन्छन् ‘अब सरकारले नयाँ समिति बनाएर नयाँ प्रक्रिया सुरु गर्नु पर्छ । त्यसका लागि विज्ञापन नै निकालेर नयाँ आवेदन माग गर्नुपर्छ ।’

Bizshala
CG Motors
Sagarmatha Cement

यस विषयमा अधिवक्ता ज्योति दाहालको भने केही फरक मत रहेको छ । दाहाल भन्छन् ‘समितिले अब धितोपत्र कानूनमा जे जस्तो व्यवस्था भएता पनि २ जनाको मात्रै भए पनि नाम सिफारिस गर्न सक्छ । त्यसबाट सरकारले एक जनालाई धितोपत्र बोर्डको अध्यक्ष चयन गर्न सक्छ । किनकी यसमा १९ जनाबाट ५ जना नै सर्टलिष्ट गर्नु पर्छ भन्ने पनि केही छैन ।’

दाहालले ३ जना उम्मेद्वार अनुपस्थित भएपछि समितिले अहिले २ जनालाई नै सिफारिस गर्न सक्ने बताउँछन् । ‘यो विषय अब समितिले सरकालाई नै जिम्मा लगाइ दिने हो । सरकारले अनुपस्थित आवेदकलाई नसिहत पनि दिन सक्नु पर्छ ।’ दाहालले भने ।  

अर्का कानूनका जानकार हरिबहादुर कार्की पनि धितोपत्रसम्बन्धि ऐनको दफा ७ मा कम्तिमा ३ जनाकै नाम सिफारिस हुनुपर्ने भएको कारण यो प्रक्रिया स्वतः रद्द भएर जाने तर्क गर्छन् । अर्थमन्त्रीका सल्लाहाकार सूर्य थापाले सरकार तथा समितिले कानूनी विषय बुझेर अघि बढ्ने जानकारी दिए ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.