काठमाण्डौ । भूमिब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले शुक्रवार नापी कार्यालय ललितपुरको निरिक्षण गदैं सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
मन्त्रालयमातहत रहेका कार्यालयहरुको स्तरोन्नती, पूर्वाधारको अवस्था, कर्मचारीको कार्यसम्पादन र सेवाग्राहीसँग संवाद गर्ने उदेश्यले मन्त्री अधिकारी शुक्रवार दिँउसो नापी कार्यालय ललितपुरको लगनखेलस्थीत कार्यालयको अनुगमन गरेका हुन् ।
कार्यालय प्रमुख, कर्मचारीहरु र सेवाग्राहीसँग छलफल गदैं मन्त्री अधिकारीले सेवा प्रवाहलाई डिजिटल प्रविधिसंग जोड्न, कार्यालयबाट प्रवाह हुने सेवा सुबिधा छिटो छरितो तथा प्रभावकारी बनाउन, प्रचलित ऐन कानुनको परिधिभित्र रहेर कार्यसम्पादन गर्न र उपलब्ध स्रोत साधन र जनशक्तिको अधिकतम प्रयोग गर्न निर्देशन दिए । कार्यालयमा रहेका अभिलेखहरुको संरक्षण गर्नु कर्मचारीहरुको दायित्व रहेको मन्त्री अधिकारीले भने ।