बिहीबार, असार १२,२०८२ 12:14:08
  • बिहीबार, असार १२,२०८२ 12:14:08
Global IME Bank Limited

विश्वकै धनी व्यक्ति बने मस्क र बेजोस, दुबैको सम्पत्ति बराबर

Hyundai Nepal
विश्वकै धनी व्यक्ति बने मस्क र बेजोस,  दुबैको सम्पत्ति बराबर
Nabil Bank Limited

काठमाण्डौ । विश्वको शीर्ष धनाढ्यको सूचीमा एकैपटक दुई व्यक्ति पुगेका छन् । टेस्ला र स्पेस्एक्स कम्पनीका मालिक एलन मस्क तथा अमेजनका मालिक जेफ बेजोफको सम्पत्तिबराबर भएपछि दुवै जना विश्वको शीर्ष धनाढ्य बनेका हुन् ।  

ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार बिहिबार दुवै जना अमेरिकी धनाढ्यको सम्पत्ति समान २१६ अर्ब डलर पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा दुवै जनाको सम्पत्ति करिब समान ढंगले बढेको छ । एलम मस्कको सम्पत्ति ६.४५ अर्ब डलरले वृद्धि भएको छ भने बेजोसको सम्पत्ति पनि ६.८६ अर्ब डलरले वृद्धि भएको छ ।  

तथापी यो वर्ष मस्कका लागि भने कुनै उपलब्धिपूर्ण बन्न सकेको छैन । यो वर्ष उनले कयौंपटक विश्वकै धनाढ्य व्यक्तिका ताज गुमाउन पुगेका छन् । यो वर्ष उनको नेटवर्थमा १२.५ अर्ब डलरको गिरावट आईसकेको छ । अर्कोतर्फ बेजोसका लागि भने यो वर्ष विशेष बन्न पुगेको छ । यो वर्ष उनको सम्पत्तिमा ३८.७ अर्ब डलरको बढोत्तरी आईसकेको छ । बेजोसले मस्कलाई कडा टक्कर दिईरहेका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार विश्वको तेस्रो धनी व्यक्तिको रुपमा फ्रान्सेली अर्बपति बनार्ड अर्नाल्ड रहेका छन् । उनको सम्पत्ति २०२ अर्ब डलरबराबर रहेको छ ।  

त्यस्तै, चौथो स्थानमा मार्क जुकरबर्ग रहेका छन् । उनी १८२ अर्ब डलर सम्पत्तिको मालिक हुन् । एशियाको शीर्ष धनाढ्यको रुपमा भने मुकेश अम्बानी यथावत् छन् । उनको कुल सम्पत्ति ११५ अर्ब डलरबराबर रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.