शुक्रबार, असार १२,२०८३ 06:46:42
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 06:46:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अम्बानीको कम्पनी बन्यो २१ लाख करोड भारु बजार पूँजीकरण भएको पहिलो भारतीय कम्पनी, सेयरमूल्य ‘अल टाइम हाई’

Laxmi Sunrise Bank Limited
अम्बानीको कम्पनी बन्यो २१ लाख करोड भारु बजार पूँजीकरण भएको पहिलो भारतीय कम्पनी, सेयरमूल्य ‘अल टाइम हाई’

काठमाण्डौ । भारतीय धनाढ्य मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डष्ट्रिज २१ लाख करोड कजार पूँजीकरण भएको पहिलो भारतीय कम्पनी बनेको छ । जियोको रिचार्ज प्लान २५ प्रतिशत महंगो गर्ने घोषणासँगै आज रिलायन्सको सेयरमूल्य २ प्रतिशतले बढेर प्रतिकित्ता ३ हजार १६२ भारु पुगेको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।  

यहि कारण कम्पनीको बजार पूँजीकरण वृद्धि भएको छ । ४ महिना अघि अर्थात गत फेब्रुअरी महिनामा कम्पनीको बजार पूँजीरकण पहिलोपटक २० लाख करोड भारु पुगेको थियो । त्यसअघि सन् २०२१ मा कम्पनीको बजार पूँजीकरण १५ लाख करोड भारु पुगेको थियो ।  

New Office
CG Motors
Garima Development Bank

सन् २०१९ मा रिलायन्स इन्डष्ट्रिजको बजार पूँजीकरण १० लाख करोडभन्दा बढी पुगेको थियो ।  

यो वर्ष कम्पनीको सेयरमूल्य २० प्रतिशतभन्दा बढीले वृद्धि भईसकेको छ । वर्षको सुरुवातमा कम्पनीको सेयरमूल्य प्रतिकित्ता २ हजार ५९० भारु थियो । जुन अहिले बढेर ३ हजार १६२ पुगेको छ । पछिल्लो एक महिनाको अवधिमा भने कम्पनीको सेयरमूल्य ७ प्रतिशतले बढेको छ । ५ वर्षको अवधिमा कम्पनीले आफ्ना लगानीकर्तालाई १५० प्रतिशतभन्दा बढी प्रतिफल दिएको छ ।  

बजार पूँजीकरणको हिसाबले रिलायन्स इन्डष्ट्रिज भारतको सबैभन्दा ठूलो कम्पनी हो । मुम्बइमा आधारित कम्पनीले रिलायन्स ग्रुप, तेलदेखि लिएर टेलिकम र रिटेल सेक्टरसम्म लगानी गरेको छ ।    

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.