मंगलवार, भाद्र ९,२०८३ 07:27:29
Bizshala
  • मंगलवार, भाद्र ९,२०८३ 07:27:29
Bizshala
Global IME Bank Limited

धितोपत्र बोर्डको अध्यक्ष पद थप पेचिलो बन्दै, सन्तोष नारायण श्रेष्ठ मात्रै किन गए अदालत ?

धितोपत्र बोर्डको अध्यक्ष पद थप पेचिलो बन्दै, सन्तोष नारायण श्रेष्ठ मात्रै किन गए अदालत ?
New Office

काठमाण्डौ । धितोपत्र बोर्डको अध्यक्षको दाबेदार मध्येका एक, सन्तोष नारायण श्रेष्ठ अध्यक्ष नियुक्ती प्रक्रिया रद्द गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालत गएका छन् । उनले प्रक्रिया रद्द गर्न नमिल्ने दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका ह्न ।  

सेबोनको अध्यक्षको छनौट प्रक्रियाको सर्टलिस्टमा परेका श्रेष्ठ कार्ययोजना प्रस्तुतीकरणका लागि सहभागी भएका थिए । उनीसँगै अर्का उम्मेद्वार मुक्तिनाथ श्रेष्ठ पनि सहभागी भएका थिए । तर नवराज अधिकारी,कृष्ण कहादुर कार्की र चिरञ्जीवि चापागाई भने कार्ययोजनामा प्रस्तुतीकरणका लागि दोस्रोपटक समेत सहभागी भएका थिएनन् ।  

सन्तोष नारायण श्रेष्ठले धितोपत्रसम्बन्धी ऐन २०६३ बमोजिम नै अध्यक्ष नियुक्तीको प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन् ।  योसँगै धितोपत्र बोर्डको अध्यक्षको छनौट प्रक्रिया झनै विबादित बन्न पुगेको छ । हाल धितोपत्र बोर्ड अध्यक्ष पदको लागि सरकार फेरिन सक्ने सम्मका चर्चा भईरहेका बेला यो घटनाले नयाँ मोड लिएको छ ।  

अनौठो त के छ भने शीर्ष नेताहरुले मन्त्रीमण्डलको नाम एकै दिनमा टुङ्गो लगाउँदा धितोपत्र बोर्डको अध्यक्षको पद ६ महिना सम्म पनि टुङ्गो लाग्न सकेको छैन । यसले धितोपत्र बोर्ड नयाँ भन्सार बन्दै गएको पुष्टि भएको छ । कुनै समयमा भन्सारको हाकिम बन्न तँछाड मछाड हुने गर्थ्यो । अहिले आएर धितोपत्र बोर्डको अध्यक्ष बन्न ब्रिफकेश बोकेर ठूलै दौडधुप चलेको देखिन्छ । ठूला व्यापारिक समूहले आफ्ना नजिकका व्यक्तिलाई बोर्डको अध्यक्ष बनाउन सम्भावित उम्मेद्वारलाई  ब्रिफकेश बोकाएर मैदानमा उतारेको देखिन्छ ।  

Bizshala
CG Motors

यसअघि सरकारले ५ जनाको नाम सर्टलिस्ट गरेको थियो । तर आज एक जना मात्रै दाबेदार अदालत जानुमा भने बजारमा पहिले नै आएका समाचारमा सत्यता भएको बजार स्रोत बताउँछ । धितोपत्र बोर्डका कानुनी विज्ञ अमृत खरेलले बजारमा पहिले नै सन्तोष नारायण श्रेष्ठको नाम आउनु र उनी मात्रै अदालत जानु संयोग मात्रै हुन नसक्ने बताउँछन् । यसले धितोपत्र बोर्डको अध्यक्षका विषयमा के भईरहेको छ भन्ने विषय आम सर्वसाधराण सामु छर्लङ्गै भएको उनले बताए ।  

यद्यपी अब यो विषय अदालतसम्म पुगेकाले अदालतको निर्णय कुर्नुको विकल्प नरहेको समेत उनले बताए । कानुनी जानकार हरि बहादुर केसीले यस विषयमा अन्तरिम आदेश दिने वा नदिने भन्ने विषय अदालतको निर्णयमा भर पर्ने र एक–दुई दिनमा यसको टुँगो लाग्न सक्ने जिकिर गरे ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X