आईतवार, भाद्र २३,२०८१ 07:41:17
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 07:41:17
IME remit
Global IME Bank Limited

नेपाल लाइफको दुई आवको साधारण सभा आज बस्दै, यस्ता छन् मुख्य अजेण्डा

Hyundai Nepal
नेपाल लाइफको दुई आवको साधारण सभा आज बस्दै, यस्ता छन् मुख्य अजेण्डा
Nabil Bank Limited

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दुई आर्थिक वर्षको साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको २३ औं र २४ ओं वार्षिक साधारण सभा आज एकैपटक आयोजना हुन लागेको हो ।  

कम्पनीको जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले यी दुई आवको साधारण सभाको मिति तय गरेको थियो । यी दुवै साधारण सभा आज वीरगंजमा रहेको होटल भिष्वामा बिहान ९ बजे आयोजना हुँदैछ ।  

उक्त सभामा आव २०७९/८० का लागि सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको चुक्तापूँजीको २१.०५ प्रतिशत (कर प्रयोजनसहित) का दरले हुन आउने १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९४९ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । साथै, सभामा कम्पनीको सञ्चालक समितिमा संस्थापक समूह ९क० का सेयरधनीबाट ३ जना सञ्चालक, सर्वसाधारण समूह (ख) का सेयरधनीका तर्फबाट ३ जना सञ्चालक तथा १ जना स्वतन्त्र सञ्चालक हुने गरी समूहगत प्रतिनिधित्व सम्बन्धमा नियमावलीमा संशोधनको विशेष प्रस्ताव पारित गरिनेछ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनी नियमावलीमा गरिने संशोधन माथि नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम नियमावलीमा आवश्यक संशोधन÷परिमार्जन गर्नु परेमा सोको लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव समेत पारित हुनेछ ।

यस्तै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा पेश गरिने आव २०७८/७९ र आव २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०७८/७९ र आव २०७९/८० को वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ ।  

सभामा आव २०७९/८० का लागि नियुक्त भएको लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिकलाई अनुमोदन गर्ने र चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले गत असार ४ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ। यसर्थ असार ३ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन्।

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X