सोमबार, आश्विन ५,२०८३ 11:24:01
Bizshala
  • सोमबार, आश्विन ५,२०८३ 11:24:01
Bizshala
Global IME Bank Limited

नेशनल लघुवित्तको १० औं वार्षिकोत्सव सम्पन्न, विभिन्न कार्यक्रमको आयोजना

नेशनल लघुवित्तको १० औं वार्षिकोत्सव सम्पन्न, विभिन्न कार्यक्रमको आयोजना
New Office

काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्थाले आफ्नो १० औं वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ । संस्थाले २०७१ असार १८ गतेबाट आफ्नो कारोबार सुरु गरेको १० औं वर्ष पुरा गरी ११ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा संस्थाका १८४ वटै शाखा कार्यालयहरु तथा केन्द्रीय कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ ।  

कार्यक्रममा विभिन्न विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण, बृद्धाश्रमलाई सहयोग, सरसफाई कार्यक्रम, प्रहरी कार्यालयलाई सहयोग, परोपकारी संस्थालाई सहयोग, वित्तीय साक्षरताका कार्यक्रम साथै विभिन्न सामाजिक कार्यमा भागलिई वार्षिकात्सव मनाएको हो ।

संस्थाले यस अवधिसम्म ७४ जिल्लाका १८४ वटा शाखा कार्यालयमार्फत २ लाख २७ हजार घर परिवारमा आफ्नो सेवा विस्तार गरी रू.२१ अर्ब कर्जा लगानी गरेको साथै सदस्यहरूबाट करिव रू.६ अर्ब बचत परिचालन गरेको जनाएको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

गैर वित्तीय कार्यक्रममा ग्राहकहरुलाई वित्तीय साक्षरता, विभिन्न तालिम तथा उद्यमशिलता विकाश, डिजिटल बैकिंङ (मोबाईल बैंकिङ, एसएमएस.बैंकिङ, ट्यावलेट बैंकिङ) सेवा उपलव्ध गराउदै आएको साथै विभिन्न सामाजिक कार्यमा भाग लिदै आएकोमा अवका दिनमा पनि यस्ता कुरालाई उच्च प्राथमिकतामा राखी अघि वढ्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत रामवहादुर यादवले बताए ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.