नेशनल लघुवित्तको अध्यक्षमा खड्का चयन
काठमाण्डौ। नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा क्षितिज खड्का चयन भएका छन्। यसअघि नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको प्रतिनिधित्व गर्दै संस्थाको सञ्चालक तथा अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका रविन सिजापती बैंकबाट अलग भई अर्को वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएपछि अध्यक्ष पद रिक्त भएको थियो।उक्त रिक्ततापछि...

