आईतवार, असार १४,२०८३ 08:01:10
Bizshala
  • आईतवार, असार १४,२०८३ 08:01:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेशनल लघुवित्तको साधारण सभा आज, यस्ता छन् मुख्य अजेण्डा

Laxmi Sunrise Bank Limited
नेशनल लघुवित्तको साधारण सभा आज, यस्ता छन् मुख्य अजेण्डा

काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । उक्त सभा बनेपामा रहेको अरनिको पार्टी प्यालेसमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  

सभामा गत आवका लागि प्रस्तावित १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्तावत पारित गरिनेछ ।  

सभामा संस्थाको संस्थापक र सर्वसाधारणको सेयर पुँजी अनुपात ७० प्रतिशत ३० प्रतिशत कायम गर्ने प्रयोजनार्थ यस अघि १० औं वार्षिक साधारण सभाबाट भएको निर्णयानुसार सर्वसाधारण तर्फको थप सार्वजनिक निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा स्वीकृतिको लागि प्रकृया अगाडि बढाइएकोमा हाल सो स्वीकृत भइ नसकेको परिप्रेक्ष्यमा यस संस्थाले आर्थिक वर्ष २०८०/८१ को बोनस सेयर वितरण पश्चात् कायम हुने सेयर पुँजीमा ७०ः३० को अनुपातमा संस्थापक तथा सर्वसाधारणको सेयर पुँजी अनुपात मिलान गर्न आवश्यक भएकोले एफपीओ जारी गर्ने प्रस्ताव पारित गरिनेछ ।

New Office
CG Motors
Garima Development Bank

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तसम्मको वासलात तथा आव २०८०/८१ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने र आव २०८१/८२ को लेखापरीक्षण कार्य गर्नको लागि लेखापरीक्षक नियुक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि संंस्थाले मंसिर १८ गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ मंसिर १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै संस्थाद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.