काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले कुल ३८ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
यो सेयर संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुका लागि मात्रै बिक्रीमा राखिएको हो । सेयर खरिद गर्न इच्छुक संस्थापक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ ।
निर्धारित समयभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै आवेदन प्राप्त नभएका अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ ।