काठमाण्डौ । राष्ट्रिय सहकारी महासंघले विभिन्न व्यक्तित्व तथा उत्कृष्ट सहकारी संघ÷संस्थालाई पुरस्कृत गरेको छ । महासंघले १०२ औं अन्तर्राष्ट्रिय सहकारी दिवस, ३० औं संयुक्त राष्ट्र संघ अन्तर्राष्ट्रिय सहकारी दिवस तथा ३१ औं राष्ट्रिय सहकारी महासंघ दिवसको अवसरमा विभिन्न व्यक्तित्व तथा उत्कृष्ट सहकारी संघ/संस्थालाई पुरस्कृत गरेको हो ।
असार २२ गते अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा महासंघ आयोजना गरेको कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकोजी श्रेष्ठले विभिन्न व्यक्तित्व तथा संघ/संस्थालाई पुरस्कार प्रदान गरेका हुन् ।
उक्त कार्यक्रममा राष्ट्रिय सहकारी पुरस्कारबाट महासंघका पूर्व अध्यक्ष तथा पूर्व मन्त्री केशव बडाल पुरस्कृत भएका थिए । सहकारी अभियानको विकास र विस्तारमा महत्वपूर्ण योगदान निरन्तर दिइरहको भन्दै महासंघले उहाँलाई सम्मान गरेको हो ।
त्यसैगरि, उत्कृष्ट सहकारी पुरस्कारबाट मोरङ जिल्ला बचत तथा ऋण सहकारी संघ सम्मानीत भएको थियो । उत्कृष्ट व्यबसाय पुरस्कारतर्फ ७ प्रदेशका १÷१ संस्था पुरस्कृत भए । जसमा कोशीबाट झापाको नेपाल बहुउद्देश्यीय सहकारी संस्था, मधेश प्रदेशबाट सर्लाहीको साना किसान कृषि सहकारी संस्था, बागमती प्रदेशबाट भक्तपुरको युवा साकोस, गण्डकीबाट नवलपरासीको नवप्रतिभा साकोस, लुम्बिनीबाट दाङको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था, कर्णालीबाट सल्यानको ग्रामीण साकोस, कैलाली किसान बहुउद्देश्यीय सहकारी संस्था सम्मानीत भए ।
उत्कृष्ट सहकारी कर्मचारी पुरस्कारबाट बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहाल पुरस्कृत भए । सहकारी पत्रकारिता पुरस्कारबाट सहकारी खबरका सम्पादक काजी श्रेष्ठ र मेरो लगानीकी संचारकर्मी सुधा देवकाटा पुरस्कृत भइन् ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                        .png) 
                                        .jpg) 
                                        .png) 
                                         
                 
                 
                 
                 
                 
                 
                