शनिबार, असार १४,२०८२ 06:31:24
  • शनिबार, असार १४,२०८२ 06:31:24
Global IME Bank Limited

वार्षिक औषत २०% लाभांश दिएको कामना सेवा विकास बैंक बुलिस सेन्टिमेन्टमा

Hyundai Nepal
वार्षिक औषत २०% लाभांश दिएको कामना सेवा विकास बैंक बुलिस सेन्टिमेन्टमा
Nabil Bank Limited

काठमाण्डौ । कामना सेवा विकास बैंक नेपाल राष्ट्र बैंकबाट ‘ग’ बर्गको इजाजत प्राप्त राष्ट्रियस्तरको विकास बैंक हो । यो बैंक १७ वर्ष पहिले स्थापना भएको थियो । हालसम्म यो बैंकका उपत्यकाभित्र र उपत्यकाबाहिर गरेर १३५ वटा शाखा कार्यालय रहेका छन् ।  

आधारभूत पक्षः  

यस आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चुक्तापूँजी ३ अर्ब २८ करोड ११ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिटेन अनिङ २८ करोड ७३ लाख ३१ हजार रुपैयाँ रहेको छ । जगेडा कोष १ अर्ब ५२ करोड ८४ लाख रुपैयाँ रहेको छ । यो सँगे कम्पनीेको कूल पूँजी ५ अर्ब ९ करोड रुपैयाँ रहेको छ । कम्पनीको खूद मुनाफा ३३ करोड १३ लाख ६३ हजार रुपैयाँ रहेको छ । कम्पनीको वितरणयोग्य मुनाफा २८ करोड ७३ लाख ३१ हजार रुपैयाँ रहेको छ ।  

यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी १३.४७ रुपैयाँ रहेको छ । बुक भ्यालु १५५ रुपैयाँ रहेको छ भने रिर्टन अन इक्विटी ८.६७ प्रतिशत छ । कम्पनीको खराब कर्जा ३.५५ प्रतिशत रेहेको कम्पनीको ६ वर्षको औषत लाभांशदर १९.७५ प्रतिशत रहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

प्राविधिक पक्षः  

फियर एण्ड ग्रिड मिटरको आधारमा यो कम्पनी हाल ८० को तहमा स्ट्रङ बुलिस सेन्टिमेन्टमा चलेको छ । यो भनेको कम्पनीको सेयरमा अधिक आकर्षण बढेको छ भन्ने हो । कम्पनीको ५२ साताको उच्च मूल्य ४०७ रुपैयाँ र न्यून मुल्य २८८ रुपैयाँ रहेको छ । हाल दोस्रो बजारमा कम्पनीको मूल्य प्रतिकित्ता ४०४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । कम्पनीमा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको सेयर स्वामित्व रहेको छ ।  

बोलिङ्गर ब्याण्ड म्याक्डी र आरएसआइको आधारमा  

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनी हाल अपर ब्याण्डसँगै हिडेको देखिन्छ । अपर ब्याण्डमा आज रातो क्याण्डल बनेको छ । यसले कम्पनीको सेयर भाउमा सामान्य अंकले नाफा बुक भएको बुझिन्छ । म्याक्डी बुलिस क्रसओभर भ्यालिड नै रहेको छ भने हिस्टोग्राम पनि सकारात्मक र लामा–लामा हुँदै गएका छन् । आरएसआई ओभर बट जोन ७५ को तहमा पुगेर सामान्य झुकेको देखिन्छ । समग्रमा ३ वटै इन्डिकेटरबाट नियाल्दा कम्पनीको सेयर भाउ अप ट्रेन्डमा नै देखिन्छ  ।  

पिभट् विश्लेषण

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –४९२

प्रतिरोध २ –४७०

प्रतिरोध १– ४२९

पिभट प्वइन्टः ४०९

घटेमा सपोर्ट  

सपोर्ट १– ३६६

सपोर्ट २– ३४४

सपोर्ट  ३ –३०३

निष्कर्षः  आधारभूत रुपमा यो कम्पनीलाई नियाल्दा पछिल्ला वर्षहरुमा बुक भ्यालु र प्रतिसेयर आम्दानी बढेको देखिन्छ । रिर्टन अन इक्विटी सामान्य घटेको देखिन्छ भने खूद मूनाफामा बढोत्तरी आएको छ ।  

बोलिङ्गरको अपर ब्याण्डमा वियरिस प्रकृतिको क्याण्डल बनेको छ । त्यसैगरि, आरएसआईमा ओभर बट जोनमा पुगेको छ ।  यसकारण प्राविधिक रुपमा भने यो कम्पनीमा केही अल्पकालिन करेक्सन आउन सक्ने देखिन्छ । यद्यपी दीर्घकालमा भने कम्पनीको सेयर भाउ अझै केही बढ्न सक्ने देखिन्छ । अघिल्लोपटकको बुलमा यो कम्पनीको सेयर भाउ ६६० सम्म पुगको देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.