शनिबार, असार १४,२०८२ 02:33:26
  • शनिबार, असार १४,२०८२ 02:33:26
Global IME Bank Limited

निर्यात प्रर्वद्धनका लागि नीतिगत सुधार गरौं: चेम्बर अध्यक्ष मल्ल

Hyundai Nepal
निर्यात प्रर्वद्धनका लागि नीतिगत सुधार गरौं: चेम्बर अध्यक्ष मल्ल
Nabil Bank Limited

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निर्यात प्रर्वद्धनका लागि नीतिगत सुधार गर्नुपर्नेमा जोड दिएका छन् । नर्यात व्यवसायी महासंघ नेपालको स्थापना दिवस एवं चौथो वार्षिक साधारणसभालाई सम्वोधन गर्दै अध्यक्ष मल्लले निर्यात प्रर्वद्धन गरेर व्यापार घाटा कम गर्ने भनिएपनि व्यवहारिक परिणाम आउन नसकेको अध्यक्ष मल्लले बताए ।

 जिडीबुटीजन्य बस्तुहरुको प्रर्वद्धन, उपभोग एवं निर्यात सहजिकरणका लागि नीतिगत सुधार हुनुपर्नेमा उनले जोड दिए । 

CG Motors
Muktinath Bikas Bank Limited

अध्यक्ष मल्लले भने,‘चालु आर्थिक वर्षको ६ महिनामा व्यापारघाटा ६ खर्ब ९३ अर्व रुपैयाँ पुगिसकेको छ, व्यापारघाटा प्रत्येक वर्ष बजेटकै हाराहारीमा पुग्ने गरेको छ ।’

नेपालको वार्षिक निर्यात क्षमता १० खर्व रुपैयाँ भन्दा बढी भएपनि अपेक्षित लाभ लिन नसकिएको अध्यक्ष मल्लले बताए । जडिबुटीजन्य बस्तुहरुको उपभोग र निर्यात सम्वन्धी विशेष नीति बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । यस्तै निर्यात प्रर्वद्धनका लागि अनलाईन गेटवे प्रणालीको विकास गरिनु पर्नेमा मल्लले जोड दिए । उनले भने,‘मुलुकभित्रका कच्चा पदार्थको अधिकतम प्रयोग हुने वातावरण सिर्जना गरिनु पर्दछ, । मुलुकभित्रका  प्राकृतिक श्रोत एवं साधानहरु सम्वन्धमा उपयुक्त ऐन नियम बनाएर उपभोग एवं निर्यातको वातावरण बनाउन आवश्यक छ, ।’  

सातै प्रदेशमा एक्सपोर्ट हाउस निर्माण गरिनु पर्नेमा समेत अध्यक्ष मल्लले जोड दिए ।  

निर्यात क्षेत्रको उद्योग, व्यवसायमा युवाहरुलाई समावेश गर्न सकिए रोजगारी समस्या केहीहद सम्म हल गर्न सकिने उनको भनाई छ । राज्यको पढ्दै कमाउँदै नीतिाई औद्योगिक एवं व्यवसायिक क्षेत्रमा कार्यन्वयन गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।  

 

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.