शुक्रबार, असार १९,२०८३ 06:41:33
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 06:41:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ड्युश बैंकले ३.५ हजार कर्मचारी कटौती गर्ने, सेयरधनीलाई भने १.७ अर्ब डलरबराबरको लाभांश दिने

Laxmi Sunrise Bank Limited
ड्युश बैंकले ३.५ हजार कर्मचारी कटौती गर्ने, सेयरधनीलाई भने १.७ अर्ब डलरबराबरको लाभांश दिने

काठमाण्डौ । जर्मनीको सबैभन्दा ठूलो बैंक ड्युश बैंकले ३ हजार ५ सय कर्मचारी कटौती गर्ने भएको छ । बैंकले सन् २०२५ सम्म खर्चलाई २ अर्ब ७० करोड डलरमा घटाउने योजना अनुसार कर्मचारी कटौती गर्ने तयारी गरेको हो ।  

New Office
CG Motors
Garima Development Bank

बैंकले खर्च घटाउने लक्ष्यमा प्रगति हुँदै गरेको तर अझै १ अर्ब ७० करोड बचत आवश्यक परेको जनाएको छ । बैंकले यो बचत लक्ष्य प्राप्तिका लािग कामलाई सरलिकुत र स्वचालित बनाउन आवश्यक रहेको जनाएको छ ।  

बैंकको धेरैजसो ब्याक अफिस कार्य गर्ने रोजगारहरु कटौती हुने जनाएको छ । यो कटौती बैंकको विश्वव्यापी कर्मचारीको करीब ४ प्रतिशत हो ।  

सन् २०२३ मा बैंकको कर कटौती गर्नुअघिको नाफा २ प्रतिशतले बढेको बैंकले जनाएको छ । बैंकले गत वर्ष ६ अर्ब १० करोड डलर नाफा कमाएको छ । ज्ुन पछिल्लो १६ वर्ष इतिहासकै सबैभन्दा धेरै हो ।  

तर यो अवधिमा बैंकको खुद नाफा भने १४ प्रतिशतले घटेको छ । यो गिरावटसँगै बैंकको नाफा ५ अर्ब ३० करोड डलरमा सीमित भएको छ । बैंकको कर रकम बढेसँगै खुद नाफामा कमी आएको हो ।  

यो वर्ष पहिलो छ महिनाका लागि बैंकले सेयरधनीहरुलाई लाभांश र सेयर बाईब्याक मार्फत १ अर्ब ७० करोड डलरबराबरको प्रतिफल दिने जनाएको छ ।  

गत जनवरीको सुरुवातमा सिटी बैंकले अबको दुई वर्षभित्र २० हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको थियो । -एजेन्सी   

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.