बिहीबार, बैशाख ३१,२०८३ 04:33:53
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 04:33:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

वार्षिक औषत ५५% लाभांश दिएको एचडीएलको सेयर भाउ बुलिस सेन्टिमेन्टमा

Laxmi Sunrise Bank Limited
वार्षिक औषत ५५% लाभांश दिएको एचडीएलको सेयर भाउ बुलिस सेन्टिमेन्टमा
Shivam Cement

काठमाण्डौ । वीरगञ्जमा मुख्य कार्यालय रहेको हिमालयन डिस्टिलरी नेप्सेमा सूचीकृत एकमात्रै मदिरा उत्पादक कम्पनी हो । यो कम्पनी नेप्सेमा उत्पादन तथा प्रशोधन समूहमा रहेको छ । सन् १९८५ को जुलाई २४ मा प्राइभेट कम्पनीका रुपमा स्थापित यो कम्पनी ११ मार्च २००० मा पब्लिक कम्पनीमा परिणत भएको थियो ।  

कम्पनीमा संस्थापक समूहको ५८ प्रतिशत र सर्वसाधारण समूहको ४२ प्रतिशत सेयर स्वामित्व रहेको छ ।    

आधारभूत पक्षः  

यस आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदनअनूसार कम्पनीको चुक्तापूँजी २ अर्ब ६७ करोड २५ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषको आकार ५२ करोड ८२ लाख ६१ हजार रुपैयाँ रहेको छ । योसँगै कम्पनीको कुल पूँजी ३ अर्ब २० करोड रुपैयाँ रहेको छ । कम्पनीको खुद मुनाफा २१ करोड ४ लाख १६ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १०.५ रुपैयाँ रहेको छ । कम्पनीको बुक भ्यालु ११९.७७ रुपैयाँ र रिर्टन अन इक्विटी ८.७७ प्रतिशत रहेको छ ।  

Bizshala
New Office
CG Motors

प्राविधिक पक्षः  

फियर एण्ड ग्रिड मिटर  

फियर एण्ड ग्रिड मिटरको आधारमा यो कम्पनी हाल कमजोर बुलिस सेन्टिमेन्टमा रहेको छ । यस्तो मिटर यदि २० भन्दा तल भएको खण्डमा अधिक बिक्री र ८० भन्दामाथि भएमा अधिक खरिद भन्ने बुझिन्छ । हाल यो कँम्पनीको फियर एण्ड ग्रिड मिटर ७० को तहमा रहेको छ । यो  भनेको कम्पनीको सेयरप्रति लगानीकर्ताको आकर्षण क्रमशः बढ्दै गएको भन्ने हो । कम्पनीको ५२ साताको उच्च मूल्य २ हजार ३७० रुपैयाँ रहेको छ भने न्यून मूल्य १ हजार १४८ रुपैयाँ रहेको छ ।  

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

साप्ताहिक रुपमा बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनीले हाल मध्य ब्याण्डमा प्रतिरोध सामाना गरेको छ । त्यो भनेको १ हजार ३८५ रुपैयाँ आसपास रहेको छ । म्याक्डीमा बुलिस क्रसओभर बनेको छ । हिस्टोग्राम सकारात्मक र लामालामा हुँदै गएका छन् । आरएसआई ओभर सोल्ड जोनबाट फर्केर हाल ४७ को तहमा पुगेको छ । मनी फ्लो इन्डिेक्स पनि विस्तारै बढ्दो गतिमा रहेको छ । यो भनेको कम्पनीको सेयरमा लगानी बढ्दै छ भन्ने हो ।  

पिभट विश्लेषण

पिभट विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –१४३१

प्रतिरोध २ –१३८४

प्रतिरोध १– १२६८

पिभट प्वइन्टः १२१६

घटेमा सपोर्ट  

सपोर्ट १– ११०५

सपोर्ट २– १०५०

सपोर्ट  ३ –९४२

निष्कर्षः  आधारभूत रुपमा यो कम्पनीलाई नियाल्दा पछिल्ला वर्षहरुमा यो कम्पनीको खुद नाफा, बुक भ्यालु र प्रतिसेयर आम्दानी घटेको देखिन्छ । यस आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको यहि अविधिको त्ुलानामा ५३.५१ प्रतिशत, प्रतिसेयर आम्दानी ६६.८३ प्रतिशत , रिर्टन अन इक्विटी पनि ६२ प्रतिशतले घटेको छ । कम्पनीको बिक्री र सञ्चालन मुनाफामा गिरावट आउँदा खुद मूनाफामा पनि गिरावट आएको छ । प्राविधिक रुपमा हेर्दा यस कम्पनीको सेयर भाउले करिब बटम प्वइन्ट बनाएर माथिको यात्रा तय गर्दै गरेको देखिन्छ । कम्पनीको १० वर्षको औषत लाभांशदर भने ५५ प्रतिशत रहेको छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.