काठमाण्डौ। भारतको शिक्षा–प्रविधि कम्पनी ट्रान्सन्युरनको सहकार्यमा 'आइबिएम' को विद्यालय कार्यक्रम नेपालमा ल्याइएको छ।
बुधबार एक कार्यक्रमको आयोजना गरी एसियन इ–लर्निङले कक्षा ५ देखि १२ कक्षा सम्मका विद्यार्थीहरुका लागि तयार पारिएको 'आइबिएम' कार्यक्रम नेपालमा ल्याइएको एसियन इ–लर्निङले जनाएको छ।
'आइबिएम' कम्पनीले तयार गरेको विश्वप्रसिद्ध विश्वस्तरको विद्यालयको यो कार्यक्रममा आर्टिफिसियल इन्टेलिजेन्स र मेसिन लर्निङ, साइबर सुरक्षा र ब्लकचेन गरी तीनवटा नवीनतम सूचना प्रविधिका क्षेत्रहरू समेटिएको बताइएको छ।
यो नेपाल लगायत दक्षिण एसियामै पहिलो पटक सुरू गरिएको हो। यसमा ४० देखि ६० घण्टाका विभिन्न सात वटा कोर्स समावेश रहेका छन्। यो कोर्समा आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सुरक्षा र ब्लकचेन सम्बन्धी शैक्षिक सामाग्री समेटिएको छ।
यो 'आइबिएम' सबैभन्दा बढी (एक लाख २२ हजारभन्दा बढी) युएस पेटेन्ट आफ्नो नाममा दर्ता गरेको कम्पनी हो।