सोमबार, बैशाख ८,२०८२ 12:19:08
IME remit
  • सोमबार, बैशाख ८,२०८२ 12:19:08
IME remit
Global IME Bank Limited

भारत र चीनसँग प्रतिस्पर्धा गर्न आइटीको प्रयोग गरौं-निवर्तमान अर्थमन्त्री पुन

Hyundai Nepal
भारत र चीनसँग प्रतिस्पर्धा गर्न आइटीको प्रयोग गरौं-निवर्तमान अर्थमन्त्री पुन
Nabil Bank Limited

काठमाण्डौ। नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं निवर्तमान अर्थमन्त्री वर्षमान पुन अर्थतन्त्रलाई जति प्रतिस्पर्धी बनाउन सकियो उति नै प्राइभेट सेक्टर अगाडि बढ्ने बताएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले बिहीबार भक्तपुरको थिमिमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

उनले भने,‘हामी करिब डेढ-डेढ अर्बको विशाल जनसंख्या र विशाल भूगोल भएका चीन र भारतको बीचमा छौं। हामीले यी देशहरुसँग प्रतिस्पर्धा गर्न आइटीको प्रयोग गर्नुपर्छ। आइटी क्षेत्रको सेवा विश्व बजारमा पठाउन हामीलाई न भारत न चीनको आकाश प्रयोग गर्नुपर्छ। न समुद्र प्रयोग गर्नुपर्छ।’

यसकारण प्रतिस्पर्धी बन्न सक्ने देखेरै आफूले नयाँ आर्थिक वर्षको बजेटमा सूचना प्रविधि क्षेत्रलाई प्रवर्द्धन गर्ने कार्यक्रम ल्याएको दाबी गरे।

पुनले भने,  ‘जति प्रतिस्पर्धी अर्थतन्त्र बनाउँछौँ, प्राइभेट सेक्टर अगाडि बढ्छ र त्यसले ड्राइभ गर्छ, राज्यले सहजीकरण गर्छ। योबाहेक कुनै पनि राजनीतिक दलले सोच्न हुन्छ जस्तो मलाई लाग्दैन।’

नेपालको भू–परिस्थितिका कारण अरू क्षेत्रमा भन्दा सूचना प्रविधि क्षेत्रमा विश्व बजारमा प्रतिस्पर्धी बन्न सक्ने बताए। 

मुलुकको विकासको नीति बनाउँदा भूपरिस्थितिलाई ध्यान दिनुपर्ने उनको भनाइ छ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.