आईतवार, भाद्र २३,२०८१ 09:03:04
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 09:03:04
IME remit
Global IME Bank Limited

रटेल पेमेन्ट स्वीचबाट आर्थिक बर्ष २०८०/८१ मा ५७ खर्बको कारोबार

Hyundai Nepal
रटेल पेमेन्ट स्वीचबाट आर्थिक बर्ष  २०८०/८१ मा ५७ खर्बको कारोबार
Nabil Bank Limited

काठमाण्डौ। आर्थिक बर्ष २०८०/८१ मा राष्ट्रिय भुक्तानी स्वीच अन्तर्गतको रिटेल पेमेन्ट स्वीच मार्फत रु.५७ खर्बको कारोबार भएको छ। 

पछिल्लो आर्थिक बर्षको तुलनामा यस आर्थिक बर्षमा कारोबार संख्या र रकमको आधारमा रिटेल पेमेन्ट स्वीचको  कारोबारमा क्रमशः ४९% र ३८% ले बृद्धि भएको हो।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हाल सबै कारोबारहरु विद्युतीय माध्यमबाट हुने र धेरै जसो सानो रकमका कारोबारहरु रियल टाइममा नै हुने भएकोले सबै जसो कारोबारहरु RPS मार्फत सिधै अथवा राउटिङ्ग र राफसाफको लागि प्रयोग हुने क्रमअत्याधिक बृद्धि हुँदै गएको छ।

यस अन्तर्गत बैंक/वित्तीय संस्थाका मोबाइल बैंकिङ्ग, भुक्तानी सेवा प्रदायकहरुका वालेट, क्यापिटल मार्केट, इन्स्युरेन्स, रेमिट्यान्स, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, ठूला कर्पोरेटहरु तथा नेपाल सरकार समेतको सबै जस्तो कारोबारहरु प्रोसेस तथा क्लियरिङ्गबाट हुने व्यव्स्था रहेको छ। 

उक्त निकायहरुलाई RPS मा नेशनल पेमेन्ट इन्टरफेस मार्फत इन्टिग्रेट गरिएको छ। फण्ड ट्रान्स्फर, कुनै पनि प्रकारको बिल पेमेन्ट,भुक्तानी,नेपाल सरकारको विभिन्न कारोबारहरु जुनै च्यानलबाट गरिए पनि अन्तिममा प्रोसेस हुने गरेको छ।

एनसी एचएलका सञ्चालनमा रहेका च्यानल प्लेयाट्फर्महरु जस्तै बैंक/वित्तीय संस्थाका व्यक्तिगत ग्राहकले प्रयोग गर्ने कनेक्ट आइपिएस,संस्थागत ग्राहकले प्रयोग गर्ने कर्पोरेटपे अथवा बैंकको शाखाबाट बैंक सेन्ट्रल मोड्युलबाट गरिने रियल टाइम कारोबारहरु समेत RPS बाट नै प्रोसेसिङ्ग हुने गरेको छ।

नेपाल राष्ट्र बैंकले नेशनल पेमेन्ट स्वीच लागु गर्न एनसी एचएललाई स्वीकृती दिए पश्चात उक्त परियोजनाको पहिलो पुर्वाधारको रूपमा एनसीएचएलले रिटेल पेमेन्ट स्वीच नेपालमा नै निर्माण गरी २०७८/७९ देखि सञ्चलान गर्दै आएको छ। 

रिटेल भुक्तानीका विभिन्न उपकरणहरु जस्तै बैंक–बैंक, बैंक–वालेट, वालेट–वालेटबीच ट्रान्स्फर, सरकारी कारोबार, सेवा बापतको भुक्तानी, मोबाईल नम्बरको आधारमा ट्रान्स्फर, भुक्तानी, नेटवर्कबीच अन्तर आबद्धता,ई–कमर्शको लागि पेमेन्ट गेटवे, लगायतका भुक्तानी उपकरणहरुमा उपलब्ध रहेका छन्। 

सोही माध्यमबाट क्रस बोर्डर भुक्तानीहरु समेत गर्न सकिने गरी प्रणालीको विकास भई केहि देशहरुमा कारोबार सञ्चालनमा आउने चरणमा रहेको छ। RPS मा हाल ५२ बैंक/वित्तीय संस्थाहरु, २२ भुक्तानी सेवा प्रदायकहरु, २ भुक्तानी प्रणाली सञ्चालकहरु, १०० भन्दा बढि अन्य संस्थाहरु र नेपाल सरकार लगायतले आफ्ना सम्पूर्ण कारोबर गर्ने गरी जोडिएका छन्।

नेपालभित्र हुने कार्डको कारोबारलाई समेत अन्तर आबद्धता कायम गर्न र नेपालको आफ्नै नेशनल कार्ड सञ्चालनमा ल्याउन अन्तर्गत नेशनल कार्ड स्वीचको जडान कार्य समेत हुँदै गरेको छ।

थप जानकारीका लागि  www.nchl.com.np मा जानुहोस्।

 

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X