आईतवार, भाद्र २३,२०८१ 09:06:05
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 09:06:05
IME remit
Global IME Bank Limited

विश्वभरका आइटी सेवाहरु प्रभावित, हवाई,बैंकिङ र मिडियाहरुमा असर

Hyundai Nepal
विश्वभरका आइटी सेवाहरु प्रभावित, हवाई,बैंकिङ र मिडियाहरुमा असर
Nabil Bank Limited

काठमाण्डौ। शुक्रबार विश्वभरका कम्प्युटर प्रणालीमा ठुलो अवरोध उत्पन्न हुँदा विश्वभर अत्यावश्यक सेवा प्रभावित बनेका छन्। हवाई, टेलिकम, बैंक, सेयर बजार जस्ता सेवा प्रभावित भएका हुन्। माइक्रोसफ्टको सर्भरमा समस्या आएपछि अचानक सेवा ठप्प भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यस्तै टेलिभिजन र कम्पनीहरूको प्रसारण पनि रोकिएको छ। माइक्रोसफ्टको सर्भर डाउन भएका कारण यो समस्या देखिएको हो।  यसलाई ठीक गर्ने प्रयास गरिरहेको बताएको छ।

 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सूचना प्रविधि प्रणालीमा खराबीका कारण सिड्नी विमानस्थल र युनाइटेड एयरलाइन्सका विमानको उडान बन्द भएको छ।

भारतको राजधानी दिल्लीको बिमानस्थलले ट्विट गर्दै विश्वव्यापी आईटी संकटका कारण आफ्ना केही सेवा प्रभावित भएको जानकारी दिएको छ। दिल्ली एयरपोर्टका अनुसार यात्रुको समस्या कम गर्न सबै साझेदारहरूसँग सम्पर्कमा भईरहेको छ।

एयर इन्डियाले पनि यस संकटमा ट्वीट गरेको छ कि माइक्रोसफ्ट सर्भर आउटेजका कारण हाम्रो प्रणाली अस्थायी रूपमा प्रभावित भएको छ। हामी यात्रुहरूलाई पर्न गएको असुविधाप्रति क्षमा चाहन्छौं। यो ट्विटरमा लेखेको छ।

एयर इन्डियाले यात्रुहरूलाई परिस्थितिलाई ध्यानमा राखेर आफ्नो यात्राको योजना बनाउन अनुरोध गरेको छ। इन्डिगो एयरलाइन्सले माइक्रोसफ्टको सर्भरमा भएको गडबडीका कारण विमानस्थलमा यात्रुहरूको पर्खाइको समय लामो भएको बताएको छ।

स्पाइस जेटले पनि यस संकटको बारेमा ट्वीट गरेको छ। जसमा उनीहरूलाई विमानहरूको अपडेट दिन समस्या भइरहेको छ । उनीहरूको टोलीले यसलाई समाधान गर्ने प्रयास गरिरहेको छ। अमेरिकाको युनाइटेड, डेल्टा र अमेरिकन एयरलाइन्सले विश्वभर आफ्नो उडान बन्द गरेका छन्। हाल उडानमा रहेका उडानबाहेक अहिले कुनै पनि जहाजले उडान गरेका छैन्।

यस्तै,बेलायतमा रेल कम्पनीहरूको सञ्चालन रोक्ने सम्भावना छ। एउटा ठूलो ट्रेन कम्पनीले आईटी समस्याहरू ठूलो मात्रामा सामना गरिरहेको छ। जसले ट्रेनहरूको सञ्चालनलाई असर गर्न सक्छ। आइटी प्रणाली बन्द भएकाले बर्लिन एयरपोर्टमा चेक-इनमा समस्या छ। आईटी समस्याहरू स्पेनका सबै एयरपोर्टहरूमा सुरु भएको रिपोर्ट गरिएको छ।

स्काई न्यूज च्यानल बेलायतमा बन्द भएको छ। अष्ट्रेलियामा दूरसञ्चार समूह टेलस्ट्राको सेवा अवरुद्ध भएको छ। यस्तै,सिड्नीमा विमान उडान प्रभावित भएको छ। युनाइटेड एयरलाइन्सले आफ्नो हवाई सेवा बन्द गरेको छ। लन्डन स्टक एक्सचेन्जमा पनि प्राविधिक समस्या देखिएको छ।

अमेरिकाको अलास्कामा पनि आपतकालीन फोन सेवा प्रभावित भएको छ। अलास्का प्रहरीले फेसबुकमा पोष्ट गरेको छ कि यस फोन सेवासँग सम्बन्धित कल सेन्टरहरू राज्यभरि व्यापार बन्द छन्। यो समस्या चीनमा समेत देखिएको जनाइएको छ।

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X