सोमबार, बैशाख ८,२०८२ 12:01:31
IME remit
  • सोमबार, बैशाख ८,२०८२ 12:01:31
IME remit
Global IME Bank Limited

उद्योग र श्रम मन्त्रीसँग सीएनआईको छलफलः महसुस हुने गरी सरकारले काम गर्ने प्रतिबद्धता

Hyundai Nepal
उद्योग र श्रम मन्त्रीसँग सीएनआईको छलफलः महसुस हुने गरी सरकारले काम गर्ने प्रतिबद्धता
Nabil Bank Limited

काठमाण्डौं। नेपाल उद्योग परिसंघ (सीएनआई) ले नवनियुक्त उद्योग,वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरतसिंह भण्डारीसँग छुट्टाछुट्टै छलफल गरेको छ। 

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

आज (शुक्रबार) मन्त्रीद्वयलाई बधाइ तथा शुभकामना व्यक्त गर्दै सीएनआईले आर्थिक अवस्था र सुधारका विषयमा आफ्ना सुझाव दिएको हो। परिसंघको तर्फबाट सफल कार्यकालको शुभकामना दिँदै परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले निरन्तर घट्दो अर्थतन्त्रलाई माथि उकास्न औद्योगिक उत्पादन, निर्माण क्षेत्र र थोक तथा खुद्रा क्षेत्रलाई चलायमान बनाउनुपर्नेमा जोड दिए। 

यी क्षेत्रमा आएको निराशाका कारण समग्र अर्थतन्त्र संकुचित भएको उनले बताए। युवा जनशक्तिलाई पलायन हुनबाट रोक्न मुलुकमा औद्योगिकरणलाई बढावा दिइनुपर्ने उनको भनाइ छ। शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको बनोबल बढाउनुपर्ने र लगानी गर्न सक्ने विश्वासको वातावरण बनाइनुपर्ने उनले बताए।  

सो अवसरमा उद्योग मन्त्री दामोदर भण्डारीले कोभिड १९ पछि विग्रिएको अर्थतन्त्रलाई जसरी पनि उकास्नुपर्ने बताए। प्रधानमन्त्रीले महसुस हुने गरी प्रभावकारी रुपमा काम गर्न निर्देशन दिएको बताउँदै अर्थतन्त्रको सुधार उच्च प्राथमिकतामा रहेको उनको दाबी छ। उनले यो सरकारलाई काम नगर्ने छुट नभएको र निजी क्षेत्रलाई स्पष्ट रुपमा समस्या र समाधानको उपाय दिन आग्रह गरे।

यसैगरी श्रम मन्त्री शरत सिंह भण्डारीले यो सरकारप्रति आश र भरोसा रहेको बताउँदै सोही रुपमा काम हुने बताए। मन्त्री भण्डारीले आफूले यसअघि राखेका योजनालाई प्राथमिकताका साथ कार्यान्वयन गर्दै लैजाने समेत दाबी गरे।  

सो अवसरमा परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्षहरु वीरेन्द्रराज पाण्डे, भीम घिमिरे, उद्योग समिति सभापति लक्ष्मीप्रसाद सुवेदी, रोजगारदाता परिषद् सभापति धु्रब रिजाल, महानिर्देशक डा.घनश्याम ओझालगायतले सुझावसहित बधाई तथा शुभकामना व्यक्त गरे।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.