आईतवार, फाल्गुन ११,२०८१ 09:51:38
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 09:51:38
IME remit
Global IME Bank Limited

निर्जीवन बीमा कम्पनीले आर्जन गरे रु.४१ अर्ब प्रिमियम, सर्वाधिक शिखरको

Hyundai Nepal
निर्जीवन बीमा कम्पनीले आर्जन गरे रु.४१ अर्ब प्रिमियम, सर्वाधिक शिखरको
Nabil Bank Limited

काठमाण्डौं । निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा ४१ अर्ब १६ करोड ७३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यो व्यवसाय अघिल्लो आर्थिक वर्षको तुलनामा २.३८ प्रतिशतले बढी हो ।  

अघिल्लो आवमा निर्जीवन बीमा कम्पनीहरुले ४० अर्ब २१ करोड १३ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए । सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीमध्ये तीन कम्पनीको व्यवसाय अघिल्लो आवको तुलनामा गत आवमा घट्न पुगेको छ भने बाँकी सबै कम्पनीले व्यवसाय बृद्धि गरेका छन् ।  

गत आवमा सर्वाधिक प्रिमियम भित्र्याउने कम्पनीमा शिखर इन्स्योरेन्स रहेको छ । मर्जरमा गएका कम्पनीहरुलाई समेत पछि पार्दै शिखर इन्स्योरेन्सले सर्वाधिक ५ अर्ब ४७ करोड रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको छ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

त्यस्तै, दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४ अर्ब ७८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेर दोस्रो बढी व्यवसाय भित्र्याउने निर्जीवन बीमा कम्पनी बनेको छ । यता सिद्धार्थ प्रिमिय र इन्स्योरेन्सले पनि ४ अर्ब १७ करोड रुपैयाँ प्रिमियम संकलन गर्दा हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३ अर्ब ७२ करोड रुपैयाँ बीमाशुल्क संकलन गर्न सफल भएको छ ।  

यसका साथै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब ६५ करोड, नेको इन्स्योरेन्सले ३ अर्ब १४ करोड, युनाइटेड अजोडले २ अर्ब ७२ करोड, सानिमा जिआइसीले २ अर्ब ६१ करोड, एनएलजी इन्स्योरेन्सले २ अर्ब ५५ करोड, दि ओरियन्टल इन्स्योरेन्सले २ अर्ब १६ करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब ७७ करोड, नेपाल इन्स्योरेन्सले १ अर्ब ५९ करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ५८ करोड र नेशनल इन्स्योरेन्सले १ अर्ब १९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।  

कुनले कति बढाए व्यापार ?

अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्षमा सर्वाधिक व्यवसाय बढाउने कम्पनीमा दि ओरियन्टल इन्स्योरेन्स रहेको छ । कम्पनीले अघिल्लो आवको तुलनामा गत आवमा ४४.१६ प्रतिशतले व्यवसाय बढाएको छ ।  

अघिल्लो आवमा १ अर्ब ४९ करोड प्रिमियम संकलन गरेको सो कम्पनीले गत आवमा भने २ अर्ब १६ करोड प्रिमियम संकलन गरेको छ ।  त्यस्तै, नेशनल इन्स्योरेन्सले १७.६५ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ११ प्रतिशत, सानिमा जिआइसीले १२.६५ प्रतिशत, आइजीआई प्रुडेन्सियलले ७.७६ प्रतिशत, नेको इन्स्योरेन्सले ७.४८ प्रतिशत, प्रभु इन्स्योरेन्सले ७.१९ प्रतिशत, एनएलजी इन्स्योरेन्सले ६.१३ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४.५० प्रतिशत, शिखर इन्स्योरेन्सले २.९० प्रतिशत र नेपाल इन्स्योरेन्सले ०.२९ प्रतिशतले व्यवसाय बढाएको छ ।  

अघिल्लो आवको तुलनामा गत आवमा तीनवटा कम्पनीको व्यवसाय भने खस्किएको छ । सर्वाधिक व्यापार घट्नेमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । अघिल्लो आवमा २ अर्ब ३१ करोड बीमाशुल्क आर्जन गरेको यस कम्पनीले गत आवमा जम्मा १ अर्ब ५८ करोड रुपैयाँ मात्रै प्रिमियम संकलन गरेको छ ।  

त्यस्तै, युनाइटेड अजोडको पनि २०.२३ प्रतिशतले व्यवसाय घटेको छ भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ५.६४ प्रतिशतले व्यवसाय घटेको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.