काठमाण्डौ। नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति बैठकले ६ उद्योगमा लाइन जोड्ने निर्णय गरेको छ। सोमबार बिहान बसेको विद्युत प्राधिकरणको बैठकले लाइन जोड्ने निर्णय गरेको हो।
बक्यौता नतिरेको भन्दै उद्योगमा लाइन काटिएको थियो। तीन महिनाभित्र बक्यौता बुझाउनुपर्ने सर्त राखेर तत्कालका लागि लाइन जोड्ने निर्णय गरेको समितिले जनाएको छ।
ट्रकलाइन र डेडिकेटेड लाइनको विवादलाई लिएर प्राधिकरणले असार २५ र २६ गते ६ उद्योगमा लाइन काटेको थियो।
उद्योगमा लाइन काटेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नै प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई लाइन जोड्न निर्देशन दिएका थिए। ओलीको उक्त निर्देशनलाई घिसिङले अवज्ञा गर्दै आएका थिए।
प्रधानमन्त्री ओलीले आइतबार संसदमा प्रबन्ध निर्देशक घिसिङको कार्यशैलीप्रति आक्रोश व्यक्त गरेका थिए। यस्तै,विद्युत नियमन आयोगले पनि आइतबार बिजुलीको लाइन जोड्न प्राधिकरणलाई लिखित निर्देशन दिएको थियो।
विद्युत प्राधिकरणले १३ दिनपछि पुनः विद्युत जोड्न लागेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।