काठमाण्डौ । प्राइभेट इक्विटी फर्म एनआईबिएल इक्विटी पार्टनर्सले डेलिस डेरिजसँग रु. ९ करोड ५० लाख को लगानी सम्झौतामा हस्ताक्षर गरेको छ । गत असार ३१ गते हस्ताक्षर भएको यस साम्झौताले आधुनिक र उच्च–गुणस्तरको दुग्ध उत्पादनमा आफूलाई देशकै प्रथम स्थानमा स्थापित गर्ने चाहने डेलिज डेरिजको लक्ष्यलाई थप उर्जा प्रदान गरेको कम्पनीले जनाएको छ ।
एनआईबिएल इक्विटी पार्टनर्सले डेलिस डेरिजको गुणस्तर र उत्कृष्टताप्रतिको प्रतिबद्धतालाई मान्यता दिएको छ । यस लगानीले नेपाली बजारमा डेलिस ब्राण्डको स्थानलाई झनै मजबुत बनाउने विश्वास कम्पनीले लिएको छ ।
यस लगानी सम्झौताले डेलिस डेरिजलाई उत्पादन क्षमतामा वृद्धि, प्रोडक्ट इनोभेसन र आईपीओ निष्काशनको तयारी गर्न सक्ने जस्ता फाइदा हुने जनाइएको छ ।