काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने तयारी गरेको हो ।
कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनी र क्यापिटलबीच यससम्बन्धि सम्झौता भएको छ ।
कम्पनीको गत पुस २९ गते बसेको साधारण सभाले शतप्रतिशत हकप्रद सेयर निष्सकासनको प्रस्ताव पारित गरेको थियो ।