काठमाडौ। सरकारले सहकारी वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ। राजधानीको नयाँ बानेश्वर बुद्धनगरको सहकारीलाई भूमि व्यवस्था,सहरी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको हो। लामो समयदेखि बचतकर्ताको रकम फिर्ता नगरेकाले कानुनबमोजिम समस्याग्रस्त घोषणा गरिएको मन्त्रालयले जनाएको छ। गलत तरिकाले ऋण प्रवाह, आर्थिक अनियमितता र सर्वसाधारणको सेयर र बचतको चरम दुरुपयोगकै कारण यो सहकारी संस्था समस्याग्रस्त बनेका पाइएको हो।
यसअघि सरकारले २१ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ। समस्याग्रस्त घोषणापछि सहकारीको सम्पत्ती व्यवस्थापन र दायित्त्व भुक्तानीको लागि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइसकेको समेत मन्त्रालयको भनाइ छ।