बुधबार, भाद्र ३१,२०८३ 09:23:43
Bizshala
  • बुधबार, भाद्र ३१,२०८३ 09:23:43
Bizshala
Global IME Bank Limited

उर्जा उत्पादकलाई डिस्करेज होइन इन्करेज नै गर्नुपर्छ: अर्थमन्त्री पौडेल

उर्जा उत्पादकलाई डिस्करेज होइन इन्करेज नै गर्नुपर्छ: अर्थमन्त्री पौडेल
New Office

काठमाण्डौ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विद्युत् उत्पादन बढाएर धेरै भन्दा धेरै स्वदेशमै उपभोग गर्ने पक्षमा रहेको बताएका छन्। आइतबार मन्त्रालयमा स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) सँगको भेटमा उनले विद्युत् उत्पादन,उपभोग बढाउने र बचेको विद्युत् निर्यात गर्ने उद्देश्यका साथ सरकार अघि बढेको बताएका हुन्।

Shivam Cement
Bizshala
CG Motors

उनले ऊर्जा उत्पादकलाई डिस्करेज गर्नेतर्फ नभई इन्करेज गरेर अघि बढ्ने बताए।

उनले भने, ‘सरकारको पनि नीति र मेरो आफ्नो दृष्टिकोण पनि के हो भने हामीले उर्जा उत्पादकलाई डिस्करेज होइन इन्करेज नै गर्नुपर्छ। अहिलेको सभ्यताको, जीवनस्तरको, ह्युमन डेभलपमेण्ट इण्डेक्सको मापन गर्ने एउटा महत्वपूर्ण आधार परक्यापिटा इनर्जी कन्जुम्सन कति छ भन्ने पनि होला। कति डलर कमाउँछ भनेको जस्तै कति बिजुली खपत गर्छ ? भनेर पनि हेरिन्छ। त्यो पनि बढाउनुपर्ने छ।’

पौडेलले थपे, ‘अर्को कुरा विद्युत उत्पादन गरी, अत्याधिक मात्रामा उपभोग गरेर बँचेको बिजुली बेच्ने हाम्रो नीति हो। त्यसैले बिजुली पुग्यो भन्ने ठाउँमा हामी छैनौँ । अहिले पनि कहिले ल्याउनुपर्ने र कहिले बेच्नसक्ने अवस्थामा छौँ। उर्जा उत्पादनलाई इन्करेज गर्ने सोचका साथ नै हामी जानुपर्छ। आफ्नो मनोबल नटुटाउनुस्।’

अर्थमन्त्री पौडेलले ऊर्जा उत्पादकहरूलाई आफ्नो मनोबल बढाइ विद्युत् उत्पादनमा लाग्न सबैमा आग्रह समेत गरे। 

Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.