बुधबार, श्रावण २०,२०८३ 10:00:26
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 10:00:26
Bizshala
Global IME Bank Limited

नेशनल लाईफको गाला कन्सर्ट सम्पन्न, ३ सय जना उपस्थित

नेशनल लाईफको गाला कन्सर्ट सम्पन्न, ३ सय जना उपस्थित
New Office

काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले गाला कन्सर्ट सम्पन्न गरेको छ । 

कम्पनीले जेठ  महिनामा जारी गरेको मासिक योजनाअनूरुप उत्कृष्ठ कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरु सहित कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत, विभागिय प्रमुखहरु र विभिन्न शाखाका शाखा प्रमुखहरु गरी करिब ३०० जनाको उपस्थितीमा काठमाण्डौको सोल्टी होटलमा नेशनल लाईफ गाला कन्सर्ट सम्पन्न गरेको हो ।

कन्सर्टमा स्ट्याण्ड अप कमेडीका लागि चर्चित कलाकार सन्दिप क्षेत्रीको प्रहसन सहित नेपालका चर्चित कलाकारहरु प्रमोद खरेल, मेलिना राई र हेमन्त शर्माको बेजोड सांगितिक प्रस्तुती रहेको थियो भने चर्चित डि.जे. डिजे नानीको प्रस्तुतीमा उपस्थित अभिककर्ताहरुले भरपुर मनोरञ्जन लिएका थिए ।  

उक्त गाला कन्सर्टमा कम्पनीका उप–कार्यकारी अधिकृतले नेशनल लाईफले सदा झै अभिकर्ताहरुको चाहानालाई मध्यनजर गर्दै विभिन्न योजनाहरु ल्याउने क्रममा गाला कन्सर्टको अवधारणा ल्याइएको र यस योजनालाई देशै भरीका अभिकर्ताहरुले उत्साहका साथ मनन गरेको हुनाले नै  योजना सफल भएको बताउँदै अभिकर्ताहरुको उत्साहजनक उपस्थितीले कार्यक्रम भव्य रुपमा सम्पन्न भएको बताए । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.