शुक्रबार, असार १२,२०८३ 09:46:37
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 09:46:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एक वर्षको अवधिमा लिए ६ लाखभन्दा धेरैले प्यान नम्बर

Laxmi Sunrise Bank Limited
एक वर्षको अवधिमा लिए ६ लाखभन्दा धेरैले प्यान नम्बर

काठमाण्डौ। एक वर्षको अवधिमा व्यक्तिगत स्थायी लेखा नम्बर अर्थात् प्यान नम्बर लिने करदाताको संख्या बढेको छ। अर्थ मन्त्रालयका अनुसार आव २०८०/८१ मा ६ लाख १७ हजार ७८१ जनाले व्यक्तिगत प्यान नम्बर लिएका छन्। जसमा कुल प्यान नम्बर लिने करदाताको संख्या ४२ लाख ६७ हजार ३९५ पुगेको छ। 

New Office
CG Motors
Garima Development Bank

पछिल्लो समय पारिश्रमिक भुक्तानीसहितमा प्यान अनिवार्य गरिएसँगै प्यान नम्बर लिनेहरुको संख्या बढेको हो। आर्थिक वर्ष २०७९/८० मा ३६ लाख ४९ हजार ६१४ जनाले प्यान नम्बर लिएका थिए।

व्यावसायिक स्थायी लेखा नम्बर लिनेको १९ लाख ९२ हजार ५४४ पुगेको अर्थ मन्त्रालयले जनाएको छ। गत वर्षसम्म यो संख्या १८ लाख ७६ हजार ३०५ रहेको थियो। करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बरको संख्या ८० हजार ४३० रहेको छ।

यस्तै, मूल्य अभिवृद्धि कर (मूअक) तर्फ दर्ता हुने करदाताको संख्या ३ लाख ३४ हजार ९८३ पुगेको छ। अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या भने १ लाख २५ हजार ८१ पुगेको छ भने यस आवमा ८ हजार ४०६ करदाता अन्तःशुल्कमा दर्ता भएको अर्थ मन्त्रालयले जनाएको छ। एक वर्षमा २६ हजार ५०६ जना मूअकमा दर्ता भएका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.