शुक्रबार, आश्विन २४,२०८२ 01:04:23
IME remit
  • शुक्रबार, आश्विन २४,२०८२ 01:04:23
IME remit
Global IME Bank Limited

सहकारी र भूमि समस्या समाधान सरकारको उच्च प्राथमिकता — मन्त्री अधिकारी

Hyundai Nepal
सहकारी र भूमि समस्या समाधान सरकारको उच्च प्राथमिकता — मन्त्री अधिकारी
Shivam Cement

काठमाण्डौ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले वर्षौदेखि समस्या रहेको भूमि प्रशासन र अहिले भोगीरहेको सहकारी समस्या समाधान गर्न सके सरकार र मन्त्रालयको प्रभावकारीता देखिने बताएका छन् । 

मन्त्रालयमा शुक्रबार सरुवा भएर आएका सचिव अर्जुन प्रसाद पोख्रेललाई स्वागत र सचिवसहित मन्त्रालय मातहतका उच्च अधिकारी र विभागीय प्रमुखलाई निर्देशन दिदैं मन्त्री अधिकारीले कर्मचारी प्रशासन र राजनीतिक नेतृत्व मिलेर अब जनताको अवस्था परिर्वतन गर्ने बेला भएको बताए ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

शुक्रबारै मन्त्रालयमा पदबहाली गरेका सचिव पोख्रेलले मन्त्रालयबाट प्रवाह हुने सेवामा परिणाम ल्याउने गरी काम गर्न र समस्या भए समस्याको समाधानतर्फ ध्यानदिन आग्रह गरे । सरकारको सोच र मन्त्रीकोे निर्देशनअनुसार काम गर्ने सचिव पोख्रेलले प्रतिवद्धता ब्यक्त गरे । मन्त्री अधिकारीले मातहत निकायलाई ३ वटा बिषयमा नतिजा आउने गरी काम गर्न निर्देशन दिए । उनले भूमि क्षेत्रमा देखिएका समस्या समाधानका लागि ऐन, कानुन र नियामावलीको निमार्ण, संसोधन र परिमार्जन गरेर भएपनि स्थायीरुपमा भूमिहिन, किसान र सुकुम्वासी समस्या समाधान गर्ने गरी काम गर्न निर्देशन दिए ।  

त्यसैगरी, सहकारी क्षेत्रमा देखिएका विकृती हटाउनका लागि अधिकारसम्पन्न प्राधिकरण गठन र सहकारी पिडितको बचत फिर्ता मन्त्रालयको दोस्रो महत्वपुर्ण काम रहेको भन्दै मन्त्री अधिकारीले सहकारी समस्या समाधान गर्न सके मन्त्रालयप्रति नागरिकको बिश्वास बढ्ने बताए । त्यसैगरी, चीनमा भएको गरिबी उन्मुलनको सफलता नेपाललाई ठूलो पाठ हुन सक्ने भन्दै गरिब पहिचान र गरिबलाई आत्मनिर्भर बनाउने कार्यक्रम अन्तर मन्त्रालयसँग समन्वय गरेर नतिजा आउने गरी काम गर्न उनले निर्देशन दिए । 

Nabil Bank Limited

यो पनि हेर्नुहोस

New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.