मंगलवार, असार १७,२०८२ 12:59:35
  • मंगलवार, असार १७,२०८२ 12:59:35
Global IME Bank Limited

बढ्दो बजारमा फाइनान्स समूहको चर्चा, ५ कम्पनीको सेयरभाउ उच्च विन्दु नजिक

Hyundai Nepal
बढ्दो बजारमा फाइनान्स समूहको चर्चा, ५ कम्पनीको सेयरभाउ उच्च विन्दु नजिक
Nabil Bank Limited

काठमाण्डौ । मौद्रिक नीति सार्वजनिक भएपछि एकाएक बढ्न थालेको सेयरबजारमा सबै कम्पनीहरु चल्न थालेका छन् । सेक्टरवाइज सबै कम्पनीहरुको सेयरभाउ केही प्रतिशत बृद्धि भएका छन् ।  

लामो समयसम्म सेयरभाउ नबढेर लगानी डुबेका लगानीकर्ताहरुको केही प्रतिशत भएपनि लगानी उठ्न थालेको छ । बजारमा हाई तथा लो सबै खालका कम्पनीहरु चल्न थालेपछि लगानीकर्ताहरुमा उत्साह थपिएको छ ।  

‘बुलिस ट्रेन्ड’मा चलेको बजारमा वित्तीय अवस्था नाजुक भएका कम्पनीहरुको समेत सेयरभाउ अप्रत्याशित ढंगबाट बृद्धि भएको देख्न सकिन्छ । केही लगानीकर्ताहरुले बढ्दो बजारमा फेरी चलखेल भएको भन्दै नयाँ लगानीकर्तालाई बुझेर मात्रै लगानी गर्न सुझाव समेत दिइरहेका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

वित्तीय अवस्था बलियो नहुँदा पनि केही कम्पनीहरुको सेयरभाउ ह्वारह्वारती बढ्दै गएपछि बजारमा चलखेल गरेर सेयरमूल्य बढाउन थालेको आरोपहरु लाग्न थालेको छ । फाइनान्स समूहको नेपाल फाइनान्स कम्पनी, लगानी समूहको सीइडीबी हाईड्रोपावर, माइक्रोफाइनान्स समूहको समाज लघुवित्त जस्ता कम्पनीहरु बजारमा अहिले निकै चर्चामा छन् ।  

यी कम्पनीहरुको वित्तीय विववरण केलाउने हो भने अवस्था एकदमै कमजोर देखिन्छन् । र पनि सेयरभाउ भने अप्रत्याशित ढंगबाट दिनहुँ बढ्दै जानुले चलखेल गरी बढाइएको अनुमान धेरैले लगाइरहेका छन् ।

सेयरबजारमा सेक्टरवाइज सबै खालका कम्पनीहरु चलेपनि पछिल्लो समय बजारमा फाइनान्स कम्पनीहरु निकै चर्चामा छन् । ठूलो लगानीकर्ताहरु बढी फाइनान्स समूहका कम्पनीका स्टक होल्डर रहेको धेरैले अनुमान लगाएका छन् । सेयरबजारमा सबै समूह घट्दा फाइनान्स सूचक मात्रै बढेको नेप्सेको रेडर्कमा समेत छ ।  

अहिलेको बढ्दो बजारमा जताततै फाइनान्स समूहकै धेरै चर्चा छ । विशेषगरी नेपाल फाइनान्सको अप्रत्याशित ढंगबाट सेयरभाउ बढेपछि फाइनान्स समूहकै चर्चा बढ्न थालेको हो । साथै नाम चलेका ठूला लगानीकर्ताहरुले समेत खुलेआम सामाजिक सञ्जालमा फाइनान्स समूहको बारेमा पोष्ट्याउँदा फाइनान्स समूहका कम्पनीहरु चलेका छन् ।  

फाइनान्स कम्पनीहरुको वित्तीय अवस्था हेर्ने हो भने त्यति सन्तोषजनक देखिँदैन तर केही वित्त कम्पनीको सेयरभाउ हेर्ने हो भने अनुमान गरिएभन्दा बढी अंकले बढेको देखिन्छ ।  

नेप्सेमा १५ वटा वित्त कम्पनीहरु सूचीकृत छन्, जसमा सर्वाधिक सेयरभाउ नेपाल फाइनान्सको छ । कम्पनीको अन्तिम सेयरभाउ २ हजार १५४ रुपैयाँ छ, जुन यो सो कम्पनीको मात्रै नभई सम्पूर्ण फाइनान्स कम्पनीहरुकै उच्च मूल्यको नयाँ रेकर्ड हो ।  

गत असार १२ गते नेपाल फाइनान्सको सेयरभाउ एक हजार रुपैयाँ नाघेको थियो । कम्पनीको सेयरभाउ फेरी केही दिन घट्दै ८ सयको आसपास पुगेको थियो । साउन ३ गतेदेखि पुनः सो कम्पनीको सेयरभाउ लगातार बढेर २१ सय माथि पुगेको छ ।  

त्यस्तै, दोस्रो धेरै सेयरमूल्य गोर्खाज फाइनान्सको रहेको छ । फाइनान्सको अन्तिम सेयरभाउ ९३१ रुपैयाँ छ । कम्पनीको सेयरभाउ ५२ हप्ताकै उच्च विन्दु नजिक पुग्न १।५९ प्रतिशत बाँकी छ । ५२ हप्ताको उच्च सेयरभाउमा कम्पनीको मूल्य ९४६ रुपैयाँ पुगेको थियो ।  

त्यस्तै, प्रोगेसिभ फाइनान्सको सेयरभाउ पनि ०.०२ प्रतिशतले मात्रै ५२ हप्ताकै उच्च विन्दुमा पुग्न बाँकी छ । कम्पनीको अन्तिम सेयरमूल्य ६५७.३० रुपैयाँ रहेको छ । ५२ हप्ताको उच्च मूल्यमा कम्पनीको सेयरभाउ ६५७.४० रुपैयाँ थियो ।  

यसका साथै श्री इन्भेष्टमेन्ट फाइनान्सको सेयरभाउ पनि ५२ हप्ताकै विन्दु नजिक पुगेको छ । कम्पनीको अन्तिम सेयरभाउ ६८६ रुपैयाँ रहेको छ । यसअघि कम्पनीको उच्च मूल्य ६९६.९० रुपैयाँ थियो । सोही मूल्य कायम गर्न कम्पनीको सेयरभाउ १।५६ प्रतिशतले सेयरभाउ बढ्नुपर्ने हुन्छ ।  

त्यस्तै, बेष्ट फाइनान्सको सेयरभाउ पनि २.६९ प्रतिशतले बढ्ने हो भने ५२ हप्ताकै उच्च मूल्य कायम गर्नेछ । कम्पनीको अन्तिम सेयरमूल्य ६३२.५० रुपैयाँ छ । यसअघि कम्पनीको उच्च मूल्य ६५० रुपैयाँ थियो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.