बिहीबार, आश्विन ३,२०८१ 07:49:39
IME remit
  • बिहीबार, आश्विन ३,२०८१ 07:49:39
IME remit
Global IME Bank Limited

गभर्नरलाई यो गर, त्यो नगर भन्न मिल्दैन: अर्थमन्त्री पौडेल

Hyundai Nepal
गभर्नरलाई यो गर, त्यो नगर भन्न मिल्दैन: अर्थमन्त्री पौडेल
Nabil Bank Limited

काठमाण्डौ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले गभर्नरलाई यो गर, त्यो गर भन्न नमिल्ने बताएका छन्। शुक्रबारको अर्थ समितिको बैठकमा उनले चालू आर्थिक वर्षको मौद्रिक नीतिको बारेमा राष्ट्र बैंकमाथि सरकारको प्रत्यक्ष दबाब देखिएको आरोपको अस्वीकार गर्दै यस्तो बताएका हुन्।

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

सत्ता साझेदार दलका नेता तथा पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले उनलाई घुमाउरो पारामा राष्ट्र बैंकमाथि अर्थमन्त्रालय र प्रधानमन्त्री कार्यालयको दबाब परेको बताएपछि उनले यसको बचाउ गरे।

बैठकमा पूर्वअर्थमन्त्री महतले सरकारकै दबाबमा गभर्नरले अनावश्यक खुकुलो मौद्रिक नीति ल्याएको बताएका थिए। डा.महतले अर्थमन्त्री पौडेललाई व्यङ्ग्य समेत गर्दै वर्तमान अर्थमन्त्री र गभर्नर महाप्रसाद अधिकारीको ट्युनिङ मिलेको बताएका थिए।

यसमा अर्थमन्त्री पौडेलले यो वा त्यो मुद्दामा नभई सरकारको नीति अनुसार आर्थिक गतिशीलताका लागि स्वच्छ नियतका साथ ट्युनिङ मिल्नु राम्रो रहेको बताए।

यस्तै उनले आवश्यकता आफैले पहिचान गर्ने  र ऋण तथा आर्थिक सहायता  उपलब्धिमूलक क्षेत्रमा लगाउनुपर्ने बताए। बजेट कार्यान्वयन तोकिएकै समयमा सम्पन्न गर्ने गरी यो सरकार अघि बढेको उनको भनाइ छ। सार्वजनिक ऋण र खर्चको सवालमा सरकार अत्यन्त अनुशासित हुने अर्थमन्त्री पौडेलले प्रतिबद्धता जनाए।

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.