शुक्रबार, आश्विन ४,२०८१ 04:02:45
IME remit
  • शुक्रबार, आश्विन ४,२०८१ 04:02:45
IME remit
Global IME Bank Limited

घरेलु तथा साना उद्योगको प्रवर्द्धनमा सरकार सहयोग गर्न तयार छ : उद्योगमन्त्री भण्डारी

Hyundai Nepal
घरेलु तथा साना उद्योगको प्रवर्द्धनमा सरकार सहयोग गर्न तयार छ : उद्योगमन्त्री भण्डारी
Nabil Bank Limited

काठमाण्डौ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निर्यात जन्य वस्तु साना तथा मझौला उद्योगमा प्रचुर मात्रामा रहेका भन्दै त्यस्ता उद्योगको प्रवर्द्धनमा सरकार सहयोग गर्न तयार रहेको  बताएका छन्।

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

शनिबार नेपाल घरेलु तथा साना उद्योग महासङ्घका पदाधिकारीहरुसँग भएको छलफलमा उनले उद्योग मन्त्रालय र नेपाल घरेलु तथा साना उद्योग महासङ्घका पदाधिकारीबीच निरन्तर समन्वय र सहकार्य भएमा मुलुकको औद्योगिक विकासमा सहयोग पुग्ने बताए।

उद्योगी व्यवसायीलाई प्रोत्साहित गर्ने र उद्योग व्यवसायको विकासका लागि सरकार प्रतिबद्ध रहेको उद्योगमन्त्री भण्डारीको भनाइ थियो। 

यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले साना उद्योगीहरुकै लागि ‘स्टार्टअप’ कार्यक्रम ल्याइएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए।

उनले मन्त्रालयले उद्योगको विकासका लागि वार्षिक पुस्तिका नै तयार गरेर अगाडि बढेकाले सोहीअनुसार साथ दिन महासङ्घलाई आग्रह गरे।

आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग रहेको उनको भनाइ छ। घरेलु तथा साना उद्योग तान बुन्ने मात्रै नभएर कषि उद्योग भएको उनले दाबी गरे।

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.