बिहीबार, असार ११,२०८३ 02:58:35
Bizshala
  • बिहीबार, असार ११,२०८३ 02:58:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

घरेलु तथा साना उद्योगको प्रवर्द्धनमा सरकार सहयोग गर्न तयार छ : उद्योगमन्त्री भण्डारी

Laxmi Sunrise Bank Limited
घरेलु तथा साना उद्योगको प्रवर्द्धनमा सरकार सहयोग गर्न तयार छ : उद्योगमन्त्री भण्डारी

काठमाण्डौ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निर्यात जन्य वस्तु साना तथा मझौला उद्योगमा प्रचुर मात्रामा रहेका भन्दै त्यस्ता उद्योगको प्रवर्द्धनमा सरकार सहयोग गर्न तयार रहेको  बताएका छन्।

New Office
CG Motors
Garima Development Bank

शनिबार नेपाल घरेलु तथा साना उद्योग महासङ्घका पदाधिकारीहरुसँग भएको छलफलमा उनले उद्योग मन्त्रालय र नेपाल घरेलु तथा साना उद्योग महासङ्घका पदाधिकारीबीच निरन्तर समन्वय र सहकार्य भएमा मुलुकको औद्योगिक विकासमा सहयोग पुग्ने बताए।

उद्योगी व्यवसायीलाई प्रोत्साहित गर्ने र उद्योग व्यवसायको विकासका लागि सरकार प्रतिबद्ध रहेको उद्योगमन्त्री भण्डारीको भनाइ थियो। 

यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले साना उद्योगीहरुकै लागि ‘स्टार्टअप’ कार्यक्रम ल्याइएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए।

उनले मन्त्रालयले उद्योगको विकासका लागि वार्षिक पुस्तिका नै तयार गरेर अगाडि बढेकाले सोहीअनुसार साथ दिन महासङ्घलाई आग्रह गरे।

आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग रहेको उनको भनाइ छ। घरेलु तथा साना उद्योग तान बुन्ने मात्रै नभएर कषि उद्योग भएको उनले दाबी गरे।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.