• शनिबार, भाद्र २८,२०८२ 12:24:33
Global IME Bank Limited

हिमालयन हाईड्रोपावर रु.८६.२४ लाख घाटामा,सञ्चित आम्दानी पनि २९.११ लाख रुपैयाँले ऋणात्मक

Hyundai Nepal
हिमालयन हाईड्रोपावर रु.८६.२४ लाख घाटामा,सञ्चित आम्दानी पनि २९.११ लाख रुपैयाँले ऋणात्मक

काठमाण्डौ । हिमालयन हाईड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी ८६ लाख २४ हजार रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको दोस्रो त्रैमासम्म भने कम्पनीले ६ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।   

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै समीक्षा अवधिसम्म कम्पनीको आम्दानी भने ४.३१ प्रतिशतले बढ्दै ७ करोड ३६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीको आम्दानी ७ करोड ६ लाख रुपैयाँ थियो ।  

कम्पनीको प्रशासनिक खर्चमा कमी आएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ५९ लाख ४८ हजार रुपैयाँ रहेको कम्पनीको प्रशासनिक खर्च घटेर ५७ लाख २३ हजार रुपैयाँमा सीमित भएको छ । कम्पनीको सञ्चालन मुनाफा ८ प्रतिशतले बढ्दै ३८ लाख ९२ हजार रुपैयाँ पुगेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको सञ्चित आम्दानी २९ करोड ११ लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी(त्रैमासिक)०.७९ रुपैयाँ ऋणात्मक,मूल्य आम्दानी अनुपात ४३१.६७ गुणा ऋणात्मक,प्रतिसेयर नेटवर्थ ७३.४१,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २१९.९५ रुपैयाँ र तरलता अनुपात ०.९२ गुणा कायम भएको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.