काठमाण्डौ। सोमबार दिउँसो ३ बजेर ४८ मिनेटदेखि अवरुद्ध एनसेलको सेवा सञ्चालन आएको छ। एनसेलले अप्टिकल फाइबरहरू काटिएका कारण केही समय सेवा अवरुद्ध भएको जनाएको छ।
उसले सामाजिक सञ्जालमा पोष्ट गर्दै भनेको छ ‘हाम्रो प्राविधिक टोलीको अथक प्रयासका कारण छोटो समयमा नै सेवाहरू पूर्णरुपमा पुनः सञ्चालनमा ल्याउन सफल भएको जानकारी गराउन चाहन्छौँ। सेवा अवरुद्ध हुँदा पर्न गएको असुविधाका लागि हामी क्षमा प्रार्थी छौं।’
सोमबार दिउँसो केही बेर एनसेलको सिम मार्फत फोन नलाग्न, डेटा नचल्ने, टावर नदेखाउने जस्ता समस्या देखिएको थियो।