बिहीबार, आश्विन ३,२०८१ 07:13:49
IME remit
  • बिहीबार, आश्विन ३,२०८१ 07:13:49
IME remit
Global IME Bank Limited

सरकारले आमनागरिकको मन जितेको छ: अर्थमन्त्री पौडेल

Hyundai Nepal
सरकारले आमनागरिकको मन जितेको छ: अर्थमन्त्री पौडेल
Nabil Bank Limited

काठमाण्डौ। उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले जिम्मेवारी सम्हालेको छोटो समयमै सरकारले आमनागरिकको मन जितेको बताएका छन्। काठमाण्डौमा बुधबार आयोजित ‘स्टार्टअप नेसन २०३०’ कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले सरकारले चाल्ने सम्भावित कदमप्रति आमनागरिकमा विश्वास जागृत हुँदै गएको बताएका हुन्।

उनले आमनागरिकले बर्तमान सरकारप्रति विश्वास लिएको र सरकारले लिएका निर्णयप्रति सहमत भएका जनाएको बताए। सरकार ‘स्टार्टअप’ व्यापार अघि बढाउन सबै प्रकारको सहयोग गर्न तत्पर रहेको उनले बताए।

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

उनले सबै सिर्जनशील युवालाई स्टार्टअप व्यापारका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान दिन आग्रह गरे। यस्तै, युवालाई देशभित्र भविष्य खोज्न, राष्ट्र निर्माणको संवाहक बनेर देशभित्रै योगदान गर्न पनि आग्रह गरे।

अर्थमन्त्री पौडेलले विनियोजित बजेटलाई अधिकतम मात्रामा सही सदुपयोग गर्नका निम्ति अग्रसर हुन आग्रह गरे। अर्थतन्त्रमा भएका विद्यमान समस्या विस्तार कम हुदैँ गएको र यिनीहरुको समाधान गर्दै, उत्पादन वृद्धि, रोजगारी सिर्जना र समग्र माग विस्तार, व्यापार घाटाको अन्त्य लगायत गतिविधिबाट अर्थतन्त्र सबल बनाउने उनको भनाइ छ ।

पौडेलले अर्थतन्त्रका केही सूचक सकारात्मक बन्दै गएको पनि बताए। स्टार्टअप व्यापारमा सुरुमा सफलताभन्दा असफलता बढी हुने उनले सुनाए।  

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.