आईतवार, बैशाख ७,२०८२ 09:59:24
IME remit
  • आईतवार, बैशाख ७,२०८२ 09:59:24
IME remit
Global IME Bank Limited

चक्रपथ दोस्रो सडकखण्ड र हिल्सा–सिमिकोट सडक २ लेनमा विस्तार गर्न चीनसँग सम्झौता

Hyundai Nepal
चक्रपथ दोस्रो सडकखण्ड र हिल्सा–सिमिकोट सडक २ लेनमा विस्तार गर्न चीनसँग सम्झौता
Nabil Bank Limited

काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेईकुनले बिहीबार शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आजै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको छलफल र सहमतिबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको छ।

सरकारले काठमाण्डौ चक्रपथको कलंकीदेखि बसुन्धरा महाराजगञ्जसम्मको ८.२ किलोमिटर सडक निर्माण, हिल्सा-सिमिकोट सडक खण्डलाई दुई लेनमा स्तरोन्नति, मुस्ताङको कोरला नाकामा आइसिपी र आइसिडी निर्माण र अरनिको राजमार्गको मर्मत सुधार तथा पहिरो नियन्त्रण सम्बन्धी कार्यको सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी चारवटा छुट्टाछुट्टै सहयोग आदान प्रदानसम्बन्धी पत्रमा हस्ताक्षर गरे।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै,चीनसँग जोड्ने हुम्ला हिल्सा नाकादेखि सिमिकोट सडक खण्ड दुई लेनमा स्तरोन्नति गर्न सम्भाव्यता अध्ययन गर्न चीनसँग सम्झौता गरेको छ।

सम्झौतामा नेपालका तर्फबाट अर्थ सचिव डा. रामप्रसाद घिमिरे र चीनका तर्फबाट चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेइहुनले हस्ताक्षर गरे। 

यससँगै मुस्ताङ कोरला नाकामा आईसीपी र आईसीडी निर्माण तथा अरनिको राजमार्ग मर्मत सुधार तथा पहिरो नियन्त्रण सम्बन्धी कार्यको सम्भाव्यता अध्ययन गर्ने चिनियाँ पक्षसँग सम्झौता भएको बताइएको छ।

सोही कार्यक्रमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वीर अस्पतालको पूर्वाधार निर्माण, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पूर्वाधार निर्माण सम्भाव्यता अध्ययन गरी डीपीआर तयार तथा पूर्वाधार निर्माण लगायतमा चीनको सहयोगका लागि अनुरोध गरे। 

चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष वेइहुनले नेपालका तर्फबाट अनुरोध प्राप्त भइसकेको र यसलाई चिनियाँ पक्षले अध्ययन गरी थप प्रक्रिया अगाडि बढाउने जनाइएको छ।

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.