बुधबार, माघ २३,२०८१ 10:34:48
IME remit
  • बुधबार, माघ २३,२०८१ 10:34:48
IME remit
Global IME Bank Limited

डि-म्याट खाता भनेको के हो ? कसरी खोलिन्छ डि-म्याट खाता ?

Hyundai Nepal
डि-म्याट खाता भनेको के हो ? कसरी खोलिन्छ डि-म्याट खाता ?
Nabil Bank Limited

काठमाण्डौ। सेयर बजारमा प्रवेश गर्न वा संगठित संस्थाको सेयर खरिद बिक्रीमा सहभागी हुन अभौतिकीकरण अर्थात् डि-म्याट खाता अनिवार्य छ। कुनै संगठित संस्थाको सेयर खरिद गरेर त्यसलाई विद्युतीय रूपमा सुरक्षित गर्न यस्तो खाताको आवश्यकता पर्छ।

डि-म्याट खाता त्यस्तो खाता हो जसमा लगानीकर्ताहरूले आफ्नो सेयरलाई अभौतिक रूपमा राख्न सक्छन्। परिभाषाको हिसाबले हेर्दा विभिन्न संगठित संस्था अथवा कम्पनीले आफ्ना सेयरधनीहरूले धारण गरेको सेयरलाई विद्युतीय रूपमा भण्डार गर्न तयार गरिएको खातालाई डि-म्याट खाता भनिन्छ।

डिम्याट गर्नु भनेको भौतिक वा कागजी सेयरलाई विद्युतीय रूपमा राख्ने प्रक्रिया अथवा सेयरलाई अभौतिकीकरण रूपमा भण्डारण गर्नु हो। अहिले सामान्यतया सबै सरकारी तथा गैरसरकारी क्षेत्रका तथ्यांकहरू डिजिटल रूपमा राख्ने र त्यसको स्वचालित प्रणालीबाट अद्यावधिक गर्ने अभ्यास हुँदै गएको छ। साथै, विश्वभरी नै कागजविहीन सेयर कारोबारको विकास भइरहेको पाइन्छ।

Bizshala
CG Motors
Sagarmatha Cement

नेपालमा २०७३ साउन १ गतेदेखि यस्तो खाता प्रयोगमा आएको हो। सुरूमा काठमाण्डौ उपत्यका र पछि देशैभरी कार्यान्वयनमा आएको डि-म्याट खाता सेयर खरिद गर्दा दरखास्त फारममा अनिवार्य भर्नुपर्ने, सेयर जम्मा गर्नुपर्ने र शेयर कारोबारका लागि प्रयोग गर्नुपर्ने हुन्छ। यस्तो खातामा सेयर, ऋणपत्र, म्युचल फन्ड इकाई लगायतका लगानीका इकाईहरूलाई डिजिटल रूपमा भण्डारण गर्न सकिन्छ।

डिम्याट खाता खोल्न व्यक्तिको नाम, नागरिकताअनुसारको तीनपुस्ते विवरण, ठेगाना, मोबाइल नम्बर, ईमेल, बैंक खाता नम्बर, पासपोर्ट साइजको फोटो, नागरिकताको प्रतिलिपि, ठेगाना आदि लगायतका व्यक्तिगत विवरण अनिवार्य आवश्यक पर्छ। साथै स्थायी लेखा नम्बर र इच्छाइएको व्यक्ति सम्बन्धी विवरण पनि डिम्याट खाता खोल्दा एच्छिक विवरणको रूपमा आवश्यक पर्छ।

डि-म्याट खाता व्यक्तिगत, संयुक्त, नाबालाक, संस्थागत र एनआरएन गरी पाँच प्रकारका रहेका छन्। सीडीएससीमा आवद्धमध्ये केही डीपीले डि-म्याट खाता अनलाईन रूपमा पनि खोल्ने सुविधा पनि दिएका छन्। नेपाल धितोपत्र बोर्डबाट निक्षेप सदस्यता (डिपोजेटरी पार्टिसिपेन्ट अर्थात् डीपी) सेवाको अनुमति प्राप्त गरेका कम्पनीमा डि-म्याट खाता खोल्न सकिन्छ। धितोपत्र दलाल, बैंक तथा वित्तीय संस्था, मर्चेण्ट बैंकर लगायतमा यस्तो खाता खोल्न सकिन्छ।

डि-म्याट खाता खोल्नको लागि तोकिएको विवरण भरेर आवश्यक कागजात बुझाइसकेपछि विवरणलाई सिडिएससीको प्रणालीमा प्रविष्ट गरिन्छ। त्यसपछि सिडिएससीले विवरणलाई प्रमाणित गरेर भेरिफिकेसन पत्र उपलब्ध गराउँछ। विवरण प्रमाणिकरण भइसकेपछि सिडिएससीले डिम्याट खाता सिर्जना गरिदिएर १६ अंकको डि-म्याट नम्बर उपलब्ध गराउँछ। त्यसपछि सोही नम्बरमा आधारित रहेर सेयर खरिद गरी डिजिटल रूपमा जम्मा गर्न र बिक्री गर्ने कार्य गर्न सकिन्छ।

भौतिक रूपमा हुने प्रमाणपत्रहरू च्यातिने र हराउने जोखिम डि-म्याट खातामा हुँदैन, साथै सेयर कारोबारको प्रक्रियामा सो खाताको माध्यमबाट सेयरको शीघ्र वितरण र हस्तान्तरण गर्न सकिन्छ। पोर्टफोलियोको व्यवस्थापन र धितोपत्रहरूको बन्धकी कारोबारमा पनि सहजता हुन्छ। तर, लगानीकर्ताहरूले आफ्नो डि-म्याट खातामा भएको सेयरलाई भौतिकीकरण अर्थात् पुनः कागजीकरण गरेर पनि राख्न सक्ने प्रावधान समेत रहेको छ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.