आईतवार, फाल्गुन ११,२०८१ 10:25:35
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 10:25:35
IME remit
Global IME Bank Limited

आधा भन्दा बढी हाइड्रो कम्पनी घाटामा, ईपीएसमा कुन अघि ?

Hyundai Nepal
आधा भन्दा बढी हाइड्रो कम्पनी घाटामा, ईपीएसमा कुन अघि ?
Nabil Bank Limited

काठमाण्डौ । आधा भन्दा बढी हाइड्रोपावर कम्पनीहरु घाटामा छन् । गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार ४७ वटा हाइड्रो कम्पनी घाटामा छन् ।  

वित्तीय रिर्पोट सार्वजनिक गरेका ८७ वटा हाइड्रोपावर कम्पनी मध्ये ४७ वटा हाइड्रो कम्पनीले घाटा व्यहोरेका छन् । नाफामा उक्लिएका कम्पनीहरुको मुनाफा पनि अघिल्लो आर्थिक वर्षको तुलनामा खस्किएको छ ।  

नाफामा रहेका हाइड्रो कम्पनीमध्ये पनि १८ वटा कम्पनीले मात्रै अघिल्लो आवको तुलनामा नाफा बढाएका छन् भने २२ वटा कम्पनीको नाफा अघिल्लो आवको तुलनामा घटेको छ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

अधिकांश हाइड्रो कम्पनीको विद्युत बिक्री आम्दानी सँगै अन्य आम्दानीको अवस्था बढ्न नसक्दा मुनाफा खस्किन पुगेको अर्थात् घाटा चुलिँदै गएको हो । घाटा ब्यहोर्ने कम्पनीहरुको प्रतिसेयर आम्दानी (ईपीएस)को अवस्था समेत ऋणात्मक छ ।  

गत आर्थिक वर्षमा सर्वाधिक नाफा कमाउनेमा भने चिलिमे हाइड्रो कम्पनी रहेको छ । कम्पनीले गत आवको अन्त्यसम्म ६५ करोड २९ लाख रुपैयाँ नाफा कमाएर सर्वाधिक मुनाफा आर्जन गर्ने हाइड्रो कम्पनी बनेको छ ।

कम्पनीले अघिल्लो आवको तुलनामा ०.५८ प्रतिशतले मात्रै नाफा बढाएको हो । अघिल्लो आवमा कम्पनीले ६४ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

साहज उर्जा कम्पनीले पनि गत आवको अन्त्यसम्म ४१ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरी दोस्रो बढी नाफा कमाउने हाइड्रो कम्पनी बनेको छ । साहज उर्जाले अघिल्लो आवको तुलनामा उल्लेख्य नाफा बढाएको छ ।  

अघिल्लो आवमा कम्पनीले १० करोड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको नाफा २८८.१४ प्रतिशतले बृद्धि भएको छ ।  

साथै अपि पावरले पनि तेस्रो स्थान ओगट्न सफल भएको छ । कम्पनीले ९३२.११ प्रतिशतले नाफा बढाएर तेस्रो धेरै नाफा कमाउने हाइड्रो कम्पनी बनेको छ । गत आवको अन्त्यसम्म कम्पनीले ४५ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवमा भने अपि पावरले ४ करोड ४२ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।  

त्यस्तै, सानिमा माई हाइड्रोले ३६ करोड ४१ लाख, माण्डु हाइड्रोले २६ करोड ९० लाख, माउन्टेन इनर्जीले २० करोड ३६ लाख, बुटवल पावरले १७ करोड ६४ लाख, भिजन लुम्बिनी उर्जाले १६ करोड २३ लाख, ग्रीन भेन्चर्सले १५ करोड ७ लाख, विन्ध्यवासिनी हाइड्रोले १३ करोड ८७ लाख, सुपर मादी हाइड्रोले १० करोड ७७ लाख र राधी विद्युत कम्पनीले ९ करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ ।  

कुनले कति बढाए नाफा ?

अघिल्लो आवको तुलनामा १८ वटा कम्पनीले मात्रै नाफा बढाएका छन् । सर्वाधिक नाफा बढाउनेमा मिड सोलु हाइड्रो कम्पनी रहेको छ । कम्पनीले अघिल्लो आवको तुलनामा १३१३.१३ प्रतिशतले नाफा बढाएको छ ।  

अघिल्लो आवमा १६ लाख रुपैयाँ मात्रै नाफा कमाएको सो कम्पनीले गत आवमा भने २ करोड ४० लाख रुपैयाँ नाफा कमाएको छ ।  

त्यस्तै, अपि पावर कम्पनीले पनि ९३२.११ प्रतिशतले नाफा बढाएको छ । अघिल्लो आवमा ४ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको सो कम्पनीले गत आवमा भने ४५ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ ।  

साहज उर्जाले पनि २८८.१४ प्रतिशतले नाफा बढाएको छ । अघिल्लो आवमा १० करोड ७१ लाख रुपैयाँ मात्रै नाफा कमाएको कम्पनीले गत आवमा ४१ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ ।  

यसका साथै अप्पर हेवाखोला हाइड्रोले ९१.६३ प्रतिशत, सयपत्री हाइड्रोले १८.५४ प्रतिशत, कुथेली बुखरी स्मल हाइड्रोले १०.३९ प्रतिशत,युनाइटेड इदी मार्दीले ७.४३ प्रतिशत, युनाइटेड मोदी हाइड्रोले २२.२८ प्रतिशत, मन्दाकिनी हाइड्रोले २४.०३ प्रतिशत, सिक्लेस हाइड्रोले १५.९६ प्रतिशत, रु रु जलविद्युतले ७.०७ प्रतिशत, युनिभर्सल पावरले १०.१० प्रतिशत, कालिका पावरले ३८.९८ प्रतिशत, सिनर्जी पावरले ४२.२६ प्रतिशत, सुपर मादी हाइड्रोले ६६.०३ प्रतिशत, भिजन लुम्बिनी उर्जाले ३७.५५ प्रतिशत, माण्डू हाइड्रोले १६.४० प्रतिशत र सानिमा माई हाइड्रोले ०.५८ प्रतिशतले नाफा बढाएका छन् ।  

अघिल्लो आवको तुलनामा सर्वाधिक नाफा खस्किने कम्पनीमा भने बरुण हाइड्रोपावर रहेको छ । कम्पनीले नाफा ९७.३१ प्रतिशतले नाफा घटेको छ । त्यस्तै, अरुण भ्याली हाइड्रोको ८८.४३ प्रतिशत, माई खोला हाइड्रोको ८५.१० प्रतिशत र ङादी ग्रुप पावरको ६२.४४ प्रतिशतले नाफा घटेको छ ।  

 ईपीएसमा माण्डू हाइड्रो अगाडी  

प्रतिसेयर आम्दानी (ईपीएस)मा भने माण्डू हाइड्रोपावर अगाडी देखिएको छ । गत आवको अन्त्यसम्म सर्वाधिक ईपीएस माण्डू हाइड्रोको १९.७३ रुपैयाँ छ ।  

त्यस्तै, रु रु जलविद्युत कम्पनीको १४.९३ रुपैयाँ, सुपर माई हाइड्रोको १४.१० रुपैयाँ, कुथेली बुखरी स्मल हाइड्रोको १२.९३ रुपैयाँ, साहज उर्जाको ११.८९ रुपैयाँ, नेपाल हाइड्रो डेभलोपर्सको ११.५१ रुपैयाँ, भगवती हाइड्रोको ११.०२ रुपैयाँ र सानिमा माई हाइड्रोको १०.७२ रुपैयाँ रहेको छ ।

करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभुत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ ।

 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.