काठमाण्डौ। आर्थिक वर्ष २०८०/८१ मा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा दुई सय ६ उद्योग थपिका छन्। जिल्लामा ५ सय ६८ उद्योगको नवीकरण गरिएको पर्यटन तथा उद्योग कार्यालय नवलपुर ९बर्दघाट–सुस्तापूर्वले जनाएको छ।
उद्योग कार्यालय नवलपरासी बर्दघाट-सुस्तापूर्वका अनुसार सोही आर्थिक वर्षमा जिल्लामा एक सय ४८ उद्योगले लगत कट्टा गरेका थिए। हाल जिल्लामा ६ हजार ६ सय ९१ उद्योग छन्।
गत आर्थिक वर्षमा उद्योग दर्ता तथा नवीकरणबाट कार्यालयले १९ लाख ८३ हजार राजस्व सङ्कलन गरेको छ। यसैगरी, गत आर्थिक वर्षमा २०८०/८१ मा जिल्लामा वाणिज्यतर्फ दुई सय ९८ व्यवसाय दर्ता भएका थिए।
सो अवधिमा आठ सय ९९ व्यवसायीले व्यवसाय नवीकरण गर्दा दुई सय ६ व्यवसायको लगत कट्टा गरिएको छ। जिल्लामा गत आवसम्म ८ हजार ५ सय ७ व्यवसाय कायम रहेको छन्।
गत आर्थिक वर्षमा उद्योग तथा वाणिज्य व्यवसायसम्बन्धी दर्ता तथा नवीकरणबाट ४४ लाख १६ हजार राजस्व सङ्कलन गरेको कार्यालयले जनाएको छ।