बुधबार, असार १०,२०८३ 12:52:45
Bizshala
  • बुधबार, असार १०,२०८३ 12:52:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बैंकिङ कसूरजन्य कार्यको कारवाहीलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकताः अर्थमन्त्री पौडेल

Laxmi Sunrise Bank Limited
बैंकिङ कसूरजन्य कार्यको कारवाहीलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकताः अर्थमन्त्री पौडेल

काठमाण्डौ। अर्थमन्त्री विष्णु पौडेलले बैकिङ तथा वित्तीय प्रणालीमा हुने चेक अनादार लगायतका कसूरजन्य कार्यको कारवाहीलाई थप प्रभावकारी र व्यवस्थित बनाउन आवश्यक रहेको बताएका छन्।

आइतबार सिंहदरबारमा आयोजित प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा, बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० मा भएको छलफलका क्रममा, उनले बैकिङ र वित्तीय कारोबारसँग सम्बन्धित अपराधहरूको अनुसन्धान, अभियोजन, र कारबाहीलाई व्यवस्थित बनाउन विधेयकलाई संशोधन गर्नुपर्ने कुरा जोड दिए ।

New Office
CG Motors
Garima Development Bank

अर्थमन्त्री पौडेलले भने, ‘बैंकिङ तथा वित्तीय प्रणालीमा हुने चेक अनादार जस्ता कसूरजन्य कार्यहरूको अनुसन्धान, अभियोजन, र कारबाहीलाई थप व्यवस्थित र प्रभावकारी बनाउनु र यस्ता अपराधमा लाग्ने सजायलाई पारदर्शी र सजिलो बनाउनु नै यस विधेयकको मुख्य उद्देश्य हो ।’

उनले सहकारी बैंकलाई पनि बैंकिङ कारोबारको दायरामा ल्याएर, नेपाल राष्ट्र बैंकको स्वीकृति बिना सहकारी बैंकले बैंकिङ कारोबार गर्न नपाउने प्रावधान विधेयकमा थप गरिएको जानकारी पनि दिए ।

उनले थपे, ‘सहकारी बैंकहरूले नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त नगरी बैङ्किङ्ग कारोबार गर्न नपाउने व्यवस्था विधेयकमा थप गरिएको छ, जसले सहकारी बैंकको कारोबारलाई पनि बैंकिङ कारोबारकै रूपमा लिने व्यवस्था सुनिश्चित गर्दछ।’

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.